जनस्वास्थ्य सरोकार, काठमाडौँ । निमोनिया गराउने नोवल कोरोना भाइरसको त्रास रहेकै बेला इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तर्गत स्वाइन फ्लु र हङकङ फ्लुसमेत देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार ‘इन्फ्लुएन्जा ए (एच१एन१) पीडीएम ०९’ अर्थात् स्वाइन फ्लु र ‘इन्फ्लुएन्जा ए (एच३एन२)’ अर्थात् हङकङ फ्लु देखिन थालेको हो ।
सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकी ‘हङकङ फ्लु’ भएको र बाजुरामा ‘स्वाइन फ्लु’ र ‘इन्फ्लुएन्जा बी’ देखिएको उनले जानकारी दिइन् । गर्मी याम सुरु हुने समय र मनसुनपछि मौसमी रुघाखोकीको समस्या बढी देखिने गरेको छ ।
स्वाइन फ्लुसँग कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुने भएकाले थप त्रास फैलिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर कन्सलटेन्ट चेस्ट फिजिसियन डा. नवीनप्रकाश शाहले बताए । ‘अलि कडा खालको ज्वरो र रुघाखोकी भए आत्तिनु हुन्न,’ उनले भने, ‘तत्काल चिकित्सकीय सुझाव लिनुपर्छ ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको शंकास्पद नमुनाको प्रयोगशाला परीक्षणमा स्वाइन फ्लु, हङकङ फ्लु, समूह नछुट्याइएको ‘इन्फ्लुएन्जा ‘ए’ र इन्फ्लुएन्जा ‘बी’ पोजेटिभ भेटिएको छ । संकलित नमुनामध्ये करिब एक तिहाइमा इन्फ्लुएन्जा देखिएको हो । ‘धेरैजसो नमुनामा स्वाइन फ्लु देखिएको छ,’ जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलजिस्ट राजेशकुमार गुप्ताले भने ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म गरिएको ३४ शंकास्पद बिरामीको र्यालको नमुना परीक्षण गर्दा एक जनामा मात्र कोरोनाको संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चीनबाट फर्किएका ती व्यक्तिको सम्पर्कमा रहेका अरूमा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपतकालीन कार्य सम्पादन केन्द्र प्रमुख सागर दाहालका अनुसार सिन्धुपाल्चोक–९, सेती प्रादेशिक अस्पताल धनगढी र प्रदेश–१ बाट प्राप्त भएको घाँटीको र्यालको नमुना परीक्षण गर्दा नतिजा ‘नेगेटिभ’ आएको छ । कान्तिपुरबाट
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
