जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनको हुबेइ प्रान्तबाट उद्धार गरी आइतबार बिहान नेपाल ल्याइएका १७५ जनामै कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नेगेटिभ रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सो जानकारी दिएका हुन् । प्रवक्ता श्रेष्ठका अनुसार चीनबाट उद्धार गरेर ल्याइएपछि गत आइतबारदेखि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन क्षेत्रमा बसिरहेका १७५ जनाबाट लिइएको र्यालको नमुनाको परिक्षण गर्दा सबैमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो। उनीहरु सबैजनाबाट लिइएको नमुनाको परिक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो। प्रयोगशालाले हिजो साँझ सबैको रिपोर्ट दिएको बताउँदै प्रवक्ता श्रेष्ठले भने, 'हाललाई कसैमा पनि कोरोनाको संक्रमण देखिएन। अब फेरी १४ दिन पछि सबैबाट पुन: नमुना संकलन गरेर परिक्षण गरिने छ।'
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
