जनस्वास्थ्य सरोकार, प्यूठान । प्यूठान नगरपालिकाले नगर क्षेत्रभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पु¥याउन नगरपालिकाले पाँचाँै नगरसभाबाट यो निर्णय पारित गरेको हो । नगरक्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्य पहिचान, उपचार तथा सचेतना जगाउने उद्देश्यसहित यो निर्णय गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो । नगरका १० वटै वडामा यो कार्यक्रम गत साउनबाट शुरु गरिएको छ । नगरपालिकाले यो कार्यक्रममार्फत नगरपालिकामा कस्ता खालका बिरामी छन् भन्ने थाहाभएकोे नगरप्रमुख कक्षपतिले बताउनुभयो । स्वास्थ्य अवस्थाको स्थिति, तथ्याङ्क सङ्कलन, जनताको अवस्था पत्ता लगाउँदै आएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले यो सेवा दिनका लागि महिनाको १० दिन छुट्याएको छ । स्वास्थ्यको पहुँच वृद्धि गर्न, निजीमा उपचार गराउने बिरामीलाई निःशुल्क औषधिका बारेमा जानकारी दिन यो कार्यक्रम प्रभावकारी हँुदै गएको उहाँले बताउनुभयो । छ महिनामा आठ हजारलाई स्वास्थ्य सेवा चालू आवको पुस मसान्त अर्थात् छ महिनाको अवधिमा आठ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख गोविन्द घिमिरेले बताउनुभयो । जसमा महिला चार हजार आठ सय २५ रहनुभएको छ भने तीन हजार तीन सय ७६ पुरुषको स्वास्थ्य जाँच गरिएको छ । ज्येष्ठ नागरिकलाई विकासको अनुभूति दिलाउन नगरपालिकाले यो कार्यक्रम शुरु गरेको नगरप्रमुख कक्षपतिले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

