प्रायः मानिसहरु समयमा दिसा भएन या दिसा साह्रो भयो भने कब्जियत भएछ भनेर बुझ्छन् । वास्तवमा, हप्तामा तिनपटक भन्दा कम दिसा भएमा, दिसा साह्रो भएमा र चर्पी बस्दा गाह्रो महशुस भएमा कब्जियत भएको मानिन्छ ।
कब्जियत विभिन्न कारणले हुने गर्दछ । यो विशेषगरी खानपानसँग सम्बन्धित समस्या हो । हामीले खाने खानामा रेशादार र फाइबरयुक्त खाना मात्रा कम भएमा, पानी तथा झोलिलो पदार्थ कम सेवन गरेमा साथै शरीरलाई आवश्यक पर्ने खानाको मात्रा भन्दा कम खाना सेवन गरेमा कब्जियतको समस्या हुन सक्दछ ।
गर्भवती महिला, मधुमेह रोगी र विशेषगरी मोटोपना भएको व्यक्तिलाई बढी कब्जियत हुने गर्दछ । यसका अलावा हर्मोनको गडबढी र अन्य कुनै रोगको औषधि सेवन गरिरहेको व्यक्तिहरुलाई पनि कब्जियत हुन सक्छ । यदि लामो समयसम्म कब्जियत भएमा यसले पायल्सको समस्या निम्त्याउन सक्छ ।
कब्जियत भएका व्यक्तिले कस्तो खाना खाने ?
हामीले दैनिक खाने खानामा हरियो सागपात, तरकारी, सलाद र फलफुल जस्ता रेशादार खानेकुराको मात्रा बढाउनुपर्छ । पाइलेस नगरिएका चामल र आँटाको पिठोबाट बनेका खानेकुरा बढि खानुपर्दछ । मैदाको पिठोबाट बनेका खानेकुरा सकेसम्म नखाँदा नै उत्तम हुन्छ । त्यसैगरी बोक्रा सहितको दाल र गेडागुडी सेवन गरेमा यसले कब्जियत हुनबाट बचाउँछ ।
हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्दछ । वयस्क मानिसले एकदिनमा २.५ लिटर सम्म पानी पिउनुपर्दछ । पानीको सट्टामा पेप्सी, कोक र जुस जस्ता पेय पदार्थ पिउनु हुँदैन । यसले शरीरमा भएको पानीलाई झन बाहिर निकालिदिन्छ । जसले गर्दा शरीरलाई नकारात्मक असर पुर्याउन सक्छ । फलफुलको जुस भन्दा फलफुल नै सेवन गर्नुपर्दछ ।
यदि गर्भवती महिलालाई कब्जियत छ भने उसले पर्याप्त मात्रामा पानी पिउनुपर्दछ । त्यसैगरी थोरै मात्रामा पटक पटक खानेकुरा खाइरहनुपर्दछ । हरियोसागपात बढी खानुपर्दछ । खानामा सम्भव भएसम्म सिन्कि र गुन्द्रुक समावेश गर्नुपर्दछ । चाउचाउ, बिस्कुट लगायतका मैदाजन्य खानेकुरा खानुहुँदैन ।
यदि तपाइको दैनिक जस्तो माछा मासु खाने बानी छ भने यसले कब्जियतको समस्या ल्याउन सक्दछ । किनकी मासु बढी खाइसकेपछि रेशादार खानेकुरा कम खाइन्छ । जसले गर्दा कब्जियत बढाउछ । दिनमा चारपाँच पिस भन्दा बढी मासु सेवन गर्नुहुँदैन । मासु खाँदा काँक्रा, गाँजर र मुला लगायतका सलादलाई पनि समाबेश गर्नुपर्दछ ।
शारीरिक रुपमा निष्कृय हुने ब्यक्तिलाई बढी कब्जियतले सताउने गर्दछ । त्यसकारण नियमित शरीरिक व्यायाम गर्ने बानी बसाल्नुपर्दछ । दिसालाई लामो समयसम्म रोकेर राख्नु हुँदैन । यसो गरेमा दिसामा भएको पानीलाई आन्द्राले झनै सोसिदिन्छ । जसले गर्दा दिसा झन् कडा हुन्छ । शरीरलाई आवश्यक पर्ने खाना भोल्युम मिलाएर सेवन गरेमा दिसा सहि समयमा हुन्छ । हामीले खाने खाना सन्तुलित हुनुपर्दछ । रोग लागिसकेका ब्यक्तिले रेशादार खाना थप गर्नुपर्दछ । यसरी कब्जियतबाट बच्न सकिन्छ ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
पोषण
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
