जनस्वास्थ्य सरोकार, पर्वत । जिल्ला अस्पताल पर्वतमा मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । गण्डकी मेडिकल कलेज पोखरा र पर्वत जिल्ला अस्पतालबीच सो सेवा सञ्चालन सम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो । मानसिक रोगको विशेषज्ञ सेवासहितको उपचार सेवा बुधबारदेखि शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. शिशिर देवकोटा, अस्पतालका अध्यक्ष पहाडी, कलेजका प्राचार्य प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ र प्राडा टुमाया घलेले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार जिल्ला अस्पतालमा सो रोग उपचार गर्न सो कलेजको तर्फबाट एक जना विशेषज्ञ प्रत्येक महिनाको १० गते, २० गते र महिनाको अन्तिम दिन आउनेछन् । दर्ता शुल्कका लागि रु २० शुल्क राखिएको छ । जिल्लामा मानसिक रोगका बिरामी बढ्दै जान थालेपछि अस्तालले सेवा विस्तार गरेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो । कलेजका प्राचार्य प्राडा श्रेष्ठले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न प्राथमिता दिएको जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोजराज गौतमले मानसिक रोग एक पटक उपचार गरेर मात्र निको नहुने रोग भएका कारण निरन्तर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

