नेभिगेशन

कोरोना प्रकोप : इरानमा दुई जनाको मृत्यु, मृतकको संख्या २१०० नाघ्यो

बेेइजिङ — कोरोना भाइरस(कोभिड–१९) का कारण बुधबार दुई जना इरानी नागरिकको मृत्यु भएको छ । इरानी सरकारी सञ्चार एजेन्सी ‘आईआरएनए’ ले राजधानी तेहरानबाट १३८ किलोमिटर दक्षिणमा रहेको कोमका दुई जना वृद्धको मृत्यु भएको बताएको छ । मृत्यु हुनेहरुको बारेमा विस्तृत जानकारी भने गराइएको छैन। डिसेम्बरबाट विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरसका कारण मध्यपूर्वमा मृत्यु भएको यो पहिलो घटना हो। यसैबीच बिहीबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार एक सय २६ पुगेको छ। बुधबार चीनमा थप ११४ जनाको मृत्यु भएको छ। बिहीबार बिहानसम्म चीनमा २ हजार एक सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। त्यस्तै हङकङ र इरानमा २-२ जनाको मृत्यु भएको छ। फ्रान्स, जापान, ताइवान र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।बुधबार चीनमा संक्रमित हुनेको संख्यामा उल्लेख्य रुपमा कमी आएको छ। बुधबार थप ३९२ जनामा संक्रमण देखिएको छ। मंगलबार भने करिब एक हजार ७ सयमा कोरोनाको संक्रमण देखिएको थियो।
कहाँ कति संक्रमित, कहाँ कति मृत्यु?
देश जम्मा संक्रमित नयाँ संक्रमित जम्मा मृत्यु नयाँ मृत्यु निको हुने गम्भीर
चीन ७४,५७७ +३९२ २११८ ११४ १६२३३ १२०१७
डायमन्ड क्रुज ६२१ +७९ १७ २८
जापान ८४ +१० २०
सिंगापुर ८४ +३ ३४
दक्षिण कोरिया ८२ +५१ १६
हङकङ ६५ +३ +१
थाइल्यान्ड ३५ १७
ताइवान २३ +१
मलेसिया २२ १५
जर्मनी १६
भियतनाम १६ १४
अस्ट्रेलिया १५ १०
अमेरिका १५
फ्रान्स १२
मकाओ १०
बेलायत
यूएई
क्यानडा
फिलिपिन्स
भारत
इटाली
इरान +२ +२
रुस
स्पेन
बेल्जियम
कम्बोडिया
इजिप्ट
नेपाल
श्रीलंका
स्विडेन
फिनल्यान्ड
स्रोत : चिनियाँ स्वास्थ्य आयोग, विश्‍व स्वास्थ्य संगठन र विभिन्‍न न्युज एजेन्सी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट