धेरै यात्रुहरूमा नयँ कोरोनाभाइरसको सङ्क्रमण अर्थात् कोभिड-१९ भएको पाइएपछि जापानी तटनिर धेरै दिनदेखि क्वारन्टीनमा राखिएको एउटा क्रूज पानीजहाजका दुई यात्रुको मृत्यु भएको छ। ती दुई व्यक्ति ८० वर्षभन्दा धेरै उमेरका जापानी नागरिक थिए र उनीहरू पुराना रोगबाट पनि पीडित थिए। कोभिड-१९ भएको पाइएपछि उनीहरूलाई बाहिर अस्पताल लगिएको थियो। उक्त पानीजहाजमा भएका यात्रुमध्ये कम्तीमा ६२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यहाँ चीनबाहिर एकै ठाउँमा सबैभन्दा ठूलो सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमण भएको हो।
जापानको आलोचना
उक्त पानीजहाजमा ३,७०० मानिस सवार थिए। परीक्षणमा सङ्क्रमण नभएको पाइएका यात्रुलाई १४ दिने क्वारन्टीनपश्चात् बुधवारबाट बाहिर जान दिइएको छ। बिहीवार पनि यात्रुहरू उक्त जहाजबाट बाहिरिने क्रम जारी छ। सो पानीजहाजमा सङ्क्रमण फैलिएपछि जापानले त्यसबारे गरेको व्यवस्थापनको आलोचना भइरहेको छ।चीनमा सङ्क्रमण घट्दो
यसबीच चिनियाँ अधिकारीहरूले कोभिड-१९ फैलिएको हुबे प्रान्तमा नयाँ सङ्क्रमणको सङ्ख्या ह्वात्तै घटिरहेको विवरण दिएका छन्। बुधवार केवल ३४९ नयाँ सङ्क्रमण भेटिएको जनाइएको छ। मङ्गलवार त्यस्तो नयाँ सङ्क्रमणको सङ्ख्या १,७०० बताइएको थियो। सङ्ख्यामा आएको उक्त कमी रोग निदानमा अपनाइएका फरक विधिका कारण हो कि होइन भन्ने प्रस्ट भएको छैन।बुधवार सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०८ बताइएको छ। अधिकांश मृत्यु हुबेको राजधानी वुहानमा भएको छ।एशियामा अन्यत्र भने दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या निकै बढेको छ। त्यहाँ कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३० बाट ८२ पुगेको छ। बीबीसी
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
