जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेललाई नियुक्ति गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रीस्तरीय निर्णयले डा. पौडेललाई कान्तिको निर्देशकको जिम्मा दिइएको हो । अस्पतालका निवर्तमान निर्देशक डा. आरपी विच्छालाई भने कतै सरुवा गरिएको छैन । यसैगरी शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेलाई इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा नियुक्त गरिएको छ भने सो महाशाखाका निर्देशक डा. विवेक कुमार लाललाई ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा पठाइएको छ । केन्द्रका निर्देशक डा. सागर राज भण्डारी टेकुस्थित शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको निर्देशकमा सरुवा गरिएको छ । यसैगरी डा. रबिन खड्कालाई वीर अस्पतालमा ल्याइएको छ भने डा. चुमनलाल दाशलाई कोशी अस्पतालको मेडिकल सुपरिडेन्टेन्टको जिम्मेवारी दिइएको छ । डा. प्रकाश थापा भेरि अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
