जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्पार्क हेल्थ होमले आफ्नो २८ औं बार्षिकोत्सवका अवसरमा रक्तक्यान्सर पीडित पत्रकार कमल पौडललाई एक लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । प्राकृतिक चिकित्सा पद्धतिमा आधारित स्पार्कले आफ्नो बार्षिकोत्वमा गरिने खर्च कटौति गर्दै पत्रकार पौडेललाई आर्थिक सहयोग गरी उदाहरणीय काम गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रममा स्पार्क हेल्थ होमका सञ्चालक डा. सुनिल पौडेलले क्यान्सर पीडित पत्रकार पौडेलका छोरा अभिनव पौडेललाई सो रकम हस्तिान्तरण गर्नुभएको थियो । पत्रकार पौडेल हाल मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत हुनुहन्छ । पौडेलको उपचारका लागि करिब ४० लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस प्रकारको सामाजिक उत्तरदायित्व कार्यक्रमले आफ्नो बुबाको उपचारका निकै ठूलो सहयोग पुग्ने अभिनवले बताउनुभयो । यसैगरी स्पार्कले १२ वर्षदेखि सोही अस्पतालमा कार्यरत काजी महर्जनलाई ५० हजार रुपियाँ सहयोग गरेको छ । महर्जन विगत ४ महिनादेखि पेटको क्यान्सरबाट पीडित छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
