जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण आगामी साता कोरिया जाने तयारीमा रहेका ४० जना नेपाली रोकिएको छ । यही फागुन १८ गते पठाउने तयारी भइरहेको उनीहरुलाई रोकेर ५० दिनको भिसा थप गर्ने तयारी भइरहेको वैदेशिक रोजगार विभाग इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभएको छ । घरविदामा आएका उनीहरुको कोरियाले ५० दिनको भिसाको म्याद थप गर्ने भएको छ । हालसम्म ६३ हजार २ सय ८० जना नेपालीहरु रोजगारका लागि इपिएसमार्फत कोरिया पुगेका छन् ।
सन् २०२० मा करिब ७ हजार नेपाली रोजगारीका लागि दक्षिण कोरिया जाँदै छन् ।
यसैबीच, संक्रमित क्षेत्रमा समेत नेपाली कार्यरत रहेकाले कोरियास्थित नेपाली दूतावासले सावधानी अपनाउन अपिल गरेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार हालसम्म त्यहाँ साढे पाँच सयभन्दा बढीमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
