दक्षिण कोरियामा कोरोनाभाइरसको प्रकोप फैलिएपछि त्यहाँ कार्यरत नेपाली नागरिकहरूले आफूहरू आत्तिएको बताएका छन्। दक्षिण कोरियामा झन्डै ४६,००० हजार नेपाली नागरिक रहेको बताइन्छ। तीमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि गएका व्यक्ति र विद्यार्थी छन्। सुरुमा राजधानी सोलमा मात्रै देखिएको सङ्क्रमण अहिले विभिन्न स्थानमा फैलिसकेको अधिकारीहरूले बताएका छन्।कोरोनाभाइरस फैलिएका स्थानमा नेपालीहरू छरिएर रहेकाले उनीहरूलाई सतर्क रहन भनिएको दक्षिण कोरियास्थित नेपाली दूतावासले जनाएको छ। अहिलेसम्म दक्षिण कोरियामा ७६३ जनामा सङ्क्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ। सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले "उच्चतम तह" को सतर्कता घोषणा गरेको छ। दक्षिण कोरियामा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या चीनपछिको सर्वाधिक हो।
के भन्छ नेपाली दूतावास?
दक्षिणपूर्वी सहर डेगुमा सङ्क्रमित मानिसको सङ्ख्या धेरै देखिएकोले त्यहाँ भएका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको सोलस्थित नेपाली दूतावासले जनाएको छ। "उक्त क्षेत्रका गैरनेपाली सङ्घका प्रतिनिधि र विद्यार्थी सङ्गठनसँग हामी निरन्तर सम्पर्कमा छौँ। उहाँहरूलाई हामीले विशेष सावधानी अपनाउन र यहाँको सरकारले भनेका स्वास्थ्यसम्बन्धी नियममा रहन अनुरोध गरेका छौँ," कार्यवाहक राजदूत रामसिंह थापाले भने।
के भन्छन् दक्षिण कोरियामा कार्यरत नेपाली?
दक्षिण कोरियामा कार्यरत केही नेपालीले कोरोनाभाइरसको प्रकोप फैलिएकाले नेपालीहरू भयभीत भएको बीबीसीलाई बताएका छन्। "रुघा लाग्दा पनि सङ्क्रमण भयो कि भन्ने खालको मनोवैज्ञानिक त्रासमा हामीहरू छौँ," एउटा विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा कार्यरत रोशन शर्मा पौडेलले बीबीसीलाई बताए। सङ्क्रमण देखिएका सहरमा मानिसहरूलाई समूहमा नहिँड्न, विशेष खालको मास्क अनिवार्य लगाउन, स्वास्थ्यमा समस्या देखिए उपचार गरिहाल्न र सङ्क्रमण भएको शङ्का लागे तुरुन्त जानकारी गराउन सूचना जारी गरिएको पनि उनले बताए। "कुनै भवनमा सङ्क्रमण पाइयो भने त्यसलाई पूरै बन्द गरेर राखिन्छ," पौडेलले भने, "यहाँका शैक्षिक संस्थामा नयाँ सत्र मार्चबाट सुरु हुने भए पनि कोरोनाभाइरसकै कारण दुई हप्ता पछि सारिएको छ।" उनका अनुसार पहिला घुँइचो हुने सार्वजनिक सवारीसाधनहरू हिजोआज सुनसान देखिन्छन्। दक्षिण कोरियाकै अर्को सहरमा रहेकी मञ्जु पन्थीले पनि आफूहरू त्यहाँको सरकारले भनेका नियमहरूबारे सचेत रहेको बताइन्। "अहिलेसम्म डराइ हाल्नुपर्ने अवस्था त छैन, तर पनि सङ्क्रमण बढेकाले हामी पूर्ण रूपमा सतर्क भएर बसेका छौँ," उनले भनिन्।नेपालीहरूको अवस्था के छ?
गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले नेपालीहरूमा सङ्क्रमण नदेखिएको भए पनि सतर्क रहन निरन्तर रूपमा भनिएको बीबीसीलाई बताए। "अहिलेसम्म नेपालीहरूलाई सङ्क्रमण देखिएको छैन। तर यहाँका सबैजसो सहरमा नेपालीहरू रोजगारी वा अध्ययनका लागि रहेकाले हामीले सतर्क रहन भनेका छौँ," सुवेदीले भने। कतिपय ठूला कम्पनीहरूले कामदारलाई काममा नआउन भनिसकेको र केहीमा चाहिँ काम जारी रहेको उनले बताए। कतिपय कामदारले एउटा कम्पनी छोडेर अर्कोमा काम खोज्दै गर्दा कोरोनाभाइरस सङ्क्रमणको असर त्यसमा पनि परेको देखिएको सुवेदीले बताए। "नेपालीहरू ९० दिनभन्दा बढी कामविहीन भएर बस्न नपाइने नियम छ। त्यसैले आज यहाँको दूतावासले मानव संशाधन विभागमा पत्राचार गरेर त्यो अवधिलाई विचार गर्न अनुरोध गर्न लागेको छ," सुवेदीले भने।के भन्छ नेपाल सरकार?

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
