जनस्वास्थ्य सरोकार, ललितपुर । रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ का सदस्य तथा सदस्यका परिवारजनहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने तथा विभिन्न सामाजिक कार्यहरुमा दुवै संस्था सहकार्य गर्न ललितपुर जिल्लाको सानेपास्थित स्टार हस्पिटल र रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२, बीच सम्झौता भएको छ । रोटरी दिवसका अवसर पारेर सो सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको हो । स्टार हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष किशोर कुमार महर्जन तथा प्रवन्ध निर्देशक डा. शैल रुपाखेती र रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ तर्फबाट डिस्ट्रीक्ट गभर्नर किरण लाल श्रेष्ठ र डिस्ट्रीक्ट गभर्नर ईलेक्ट राजिव पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको थियो । डिस्ट्रीक्ट गभर्नर किरण लाल श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहज पहुँच पु¥याउने उद्येश्यले स्टार हस्पिटल संगको सहकार्य महत्वपूर्ण हुने बताउनु भयो । हस्पिटलका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ का सदस्य तथा सदस्यका परिवारजनहरु लाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने तथा विभिन्न सामाजिक कार्यहरुमा दुवै संस्था सहकार्य गरि अघि बढ्ने सम्बन्धका बुँदाहरुमा केन्द्रीत रहि सम्झौता पत्रमा हस्ताक्षर भएको बताउनुभयो । रोटरी दिवसको अवसरमा, पाटन दरवार स्क्वायर संग्रालय परिसरमा आयोजीत कार्यक्रममा रोटरीद्वारा इतिहासविद, सताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिनुका साथै अस्पतालको तर्फबाट निःशुल्क हेल्थ प्याकेज प्रदान गरिएको छ ।
उक्त अवसरमा अस्पतालले जनरल फिजिसियन तथा हाडजोर्नी रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा उपलब्ध गराएको थियो । स्टार हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्था, क्षेत्र र पेशामा आवद्ध जनसमुदायहरु सर्वशुलभ र उत्कृष्ठ स्वास्थ्य सेवाबाट वञ्चित नहुन भन्ने उद्देश्यका साथ यस किसिमका कार्यहरु गर्दै आइरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
