जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस (कोबिड १९)’को सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई आपसी आवश्यक समन्वय गर्न अपिल गर्नुभएको छ । उहाँले आज नेपाली जनसम्पर्क समितिका अध्यक्षलाई एक पत्र पठाई सम्पूर्ण नेपालीको सुरक्षामा उच्च सर्तकताका साथ आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकताबद्ध ढङ्गले समन्वय गर्न अपिल गर्नुभएको हो । कोरोना भाइरस (कोबिड १९)को सङ्क्रमणले अहिले विश्वका कयौँ मुलुक प्रभावित रहेका छन् । केही दिनयता दक्षिण कोरियासमेतमा कोरोना भाइरसबाट सयौँ सङ्क्रमित भएका र केहिको मृत्युसमेत भइसकेको विवरण सञ्चारमाध्यममार्फत थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीको सुरक्षा संंवेदनशीलताप्रति आफ्नो चासो बढेको उहाँले उल्लेख गर्नुभएको छ । “नेपाल सरकार र नेपाली दूतावासमार्फत हुनसक्ने आवश्यक सजगता बारे हामी घच्घच्याइ रहेका छौँ, विशेष गरी सङ्क्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन तथा कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवम् श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु” सभापति देउवाले पत्रमा उल्लेख गर्नुभएको छ । यस क्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै उहाँले कोरियामा रहेका दर्जनौँ नेपाली सङ्घसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गर्नुभएको छ ।(रासस)
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
