सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
कोरोनाभाइरसको प्रकोपलाई अहिले नै 'प्यान्डेमिक' वा विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि राष्ट्रहरू "तयारीको चरणमा" रहनुपर्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको हो। स्वासप्रस्वासको समस्या उत्पन्न गराउने कोभिड-१९को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ। सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको छ। ती सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ। बहराइनका अधिकारीहरूका अनुसार सङ्क्रमित व्यक्ति विद्यालयका बस चालक हुन्।
प्रभाव
भाइरसले पार्न सक्ने आर्थिक प्रभावको चिन्ताबीच विश्वव्यापी शेयर बजारमा तीव्र गिरावट देखिएको छ। उक्त भाइरससँग जुझ्ने पहल जारी राखेको चीनले त्यसलाई कायम राख्न प्रत्येक वर्ष मार्च महिनामा हुने न्याशनल पिपल्स कङ्ग्रेस सार्ने बताएको छ। चिनियाँ कम्युनिस्ट पार्टीका निर्णय पारित गर्ने उक्त बैठक सन् १९७८ यता प्रत्येक वर्ष हुँदै आएको छ। कोभिड-१९ बाट सङ्क्रमितहरू मध्ये मृत्यु हुनेको सङ्ख्या १ देखि २ प्रतिशत रहेको बताइए पनि डब्लूएचओले मृत्यु दर हालसम्म थाहा भई नसकेको बताएको छ।बीबीसीबाट
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
