जनस्वास्थ्य सरोकार, जुम्ला । गाउँमा सामान्य रुघाखोकी, झाडापखाला, ज्वरो आउने टाउको दुख्ने खालका विरामी भईराख्छन् । कतिपय अबस्थामा सामान्य औषधी नपाउँदा पनि अकालमै ज्यान समेत गुमाउनु परेको कर्णालीको विगत छ । कतै औषधी नपुग्ने, कहिले डाक्टर नपुग्ने समस्याले कर्णालीका नागरिक वर्षौदेखि मर्कामा छन् ।
तर राज्य स्वास्थ्य जस्तो गम्भीर सबालमा बेखर देखिन्छ । जुम्लाको सिंजा क्षेत्रमा रहेको क्षेत्रमा प्रथामिक स्वास्थ्य केन्द्रमा वर्षौदेखि चिकित्सक विहिन छ । हिमा गाउँपालिका रहेको तीन शैयाको प्रथामिक स्वास्थ्य चौकीमा २०७४ साल देखि डाक्टर बिहिन हुँदा विरामी उपचारमा समस्या भएको पाइएको छ । अस्पतालमा कार्यरत चिकित्सक रत्नविर सुनार २०७४ सालमा अध्यायन बिदामा गएदेखि अस्पताल डाक्टर विहिन भएको छ ।
हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढा भन्छन, रत्नविर सुनार विदा गए । प्रथामिक स्वास्थ्य केन्द्रमा कर्मचारी समायोजन भएर आउने चिकित्सक रोशन खत्री अहिले सम्र्पकमा छैनन् । अस्पतालमा चिकित्सकको दरवन्दी भएपनि २०७४ साल देखि चिकित्सकविहिन हुँदा नागरिकले गुनासो गरेर हैरान गरेका छन् ।
तर समायोजन भएका डाक्टर साढे वर्षदेखि सम्पर्क बिहिन भएपछि समस्या भएको उनको भनाई छ । यति मात्र नभई जुम्लाका अधिकांश स्वास्थ्य चौकीमा चिकित्सक विहिन रहेका छन् । रिक्त पदपुर्तिका लागि सम्बन्धी निकाय मौन छ ।
अनमी र अहेवकै भर
सामान्यतह अनमीको काम सुत्केरी गराउने, लिटो वितरण गर्ने, सुत्केरीलाई विभिन्न कुराबारे जानकारी गराउनेनै हो । भने स्वास्थ्यचौकीको ईन्चार्ज अथवा तालिम प्राप्त चिकित्सकले गर्न सक्ने उपचार अहेवले गर्न सक्दैन् । तर पनि चिकित्सक नआउँदा कालिकाखेतु स्वास्थ्य केन्द्र अनमी र अहेबकै भरमा चलेको छ ।
सिंजा क्षेत्रको एक मात्र तीन शैयाको स्वास्थ्य केन्द्रलाई सरकारी अस्पतालका रुपमा यहाँका नागरिकले हेर्ने गरेका छन् । तर वर्षौ सम्म पनि डाक्टर नआउँदा जटिल खालका समस्यालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्ने गरिएको छ । पहिला अधिंकाश समस्याहरु कालीकाखेतु अस्पतालमै उपचार हुने भएपनि अहिले डाक्टर नहुँदा स्थानीय दुख पाईरहेका छन् । स्थानीय हर्ष शाहि भन्छन्, पहिला नागरिकले गाउँमै उपचा पाउँदा खर्च हुन्थेन्, अहिले सामान्य विरामीलाई पनि प्रतिष्ठानमा पुराउनु पर्छ । गाउँको अस्पतालमा डाक्टर नहुँदा महंगो उपचार गराउन स्थानीय बाध्य छन् ।
हाल कालिकाखेतु अस्पतालमा चिकित्सक, सिनियर अहेव र स्टाफ नर्स पद रिक्त छ । सिंजा क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र बाहेक विरामीलाई निशुल्क उपचार गर्ने अन्य सरकारी अस्पताल छैन । प्रमुख प्रशासकिय अधिकृत बुढाले भने, तीन शैयाको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नुहँदा उपचारमा समस्या हुने गरेको छ । चिकित्सक पठाइदिन पटक पटक अनुरोध गर्दा पनि सम्वन्धित विभागले सुनुवाई नगरेको गुनासो गरे । औषधिको अभाव नभए पनि दक्ष जनशक्ति नभएका कारण उपचार तथा स्वास्थ्य परीक्षणमा समस्या भइरहेको स्थानीय मुनबहादुर बुढाको दुखेसो छ । उनले भने, स्थानीय सरकार आएपछि झनै सेवा लिन कठिन भएको छ ।
चिसो बढिरहेकाले रुघाखोकी, ज्वरो, पखला, टाउका दुख्ने लगायतका दैनिक ४०÷५० विरामी उपचारका लागि आउने गरेको हिमा गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक मेनका देवकोटाले बताइन् । यहाँको प्राथमिक स्वास्थ्य केन्द्र विगत लामो समयदेखि चिकित्सक विहीन भएपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाउनु परेको उनको भनाई छ । जहाँ विरामीले औषधिदेखि चेकजाँचको शुल्क तिर्नपर्ने हुन्छ ।
हाल उक्त स्वास्थ्य केन्द्रमा हेल्थअसिस्टेन एक जना, अहेव दुई जना, अनमी तीन जना, ल्यावअसिस्टेन एक जना र कार्यालय सहयोगी दुई जना रहेको जनाएको छ ।
१५ शैयाको बनाउने लक्ष्य
सिंजा क्षेत्रको एक मात्र तीन शैयाको अस्पताल कालिकाखेतुलाई हिमा गाउँपालिकाले १५ सैयाको बनाउने योजना बनाइएको छ । तीन शैयालाई स्तरबृद्धि गरेर केहि वर्षमा १५ शैयाको बनाउने गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । संघीय सरकारको ८० प्रतिशत र हिमा गाउँपालिकाको २० प्रतिशत लगानीमा अस्पताल बनाउन लागिएको हो । अध्यक्ष भने, चिकित्सक दुर्गम भनेर आउने नमान्ने गरेका छन् ।
तर कर्णाली सरकारले प्रोत्साहन समेत दिँदा समेत कर्मचारी आउने सुरसार छैन् । तर पनि ग्रामिण क्षेत्रमा विभिन्न् खाले विरामीहरु बढ्दै गएकाले १५ शैयाको अस्पताल निर्माणलाई अघि बढाइएको छ । जसका लागि ५ हजार बर्गमिटर जग्गा आवश्यक पर्ने देखिन्छ । यसका लागि निशुल्क जग्गा उपलव्धका लागि स्थानीय बासीसँग छलफल भइरहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
