जनस्वास्थ्य सरोकार, काठमाडौँ । जनशक्तिसँगै उपकरणको प्रयोग गरी सवारी परीक्षण गर्ने उद्देश्यले सरकारले सवारी परीक्षण केन्द्र शुरुआत गरे पनि स्थापना भएदेखि नै यो सञ्चालनमा आउन सकेको छैन ।
सडक दुर्घटनाको प्रमुख कारणका रुपमा सवारी साधनको अवस्थालाई लिने गरिएकाले त्यो कम गराउन केन्द्रको स्थापना भएको हो । सवारीसाधनको सबै भागको आवश्यक जाँच गरी कुनै समस्या देखिएकामा त्यो पहिचान गर्ने काम केन्द्रले गर्छ । तर केन्द्रमा रहेको उपकरण बिग्रिएकाले अहिले प्रयोगमा आउन सकिरहेको छैन ।
लामो समयदेखि बिग्रिएर थन्किएको उपकरण मर्मत गर्न नसकिँदा त्यसलाई पुनःप्रयोगमा ल्याउन नसकिएको हो । सरकारले विसं २०६८ मा स्थापना गरेको केन्द्र लामो समयसम्म आवश्यक कानूनको अभावलगायतका कारणले सञ्चालन हुन सकेको थिएन । विसं २०७२ देखि उपकरण सञ्चालनको प्रयास गरिए पनि त्यति बेलासम्म बिग्रिएकाले त्यो पूर्णरुपले प्रयोगमा आउन नसकेको हो ।
उपकरण ९प्लान्ट० ले काम नगरेकाले केन्द्रमा मानिसले नै गर्नसक्ने जाँच मात्रै भइरहेको इञ्जिनीयर सञ्जय थिङले बताउनुभयो । उहाँका अनुसार अहिले यहाँबाट साना सवारीसाधनको जाँच भइरहेको छ । ट्याक्सी, माइक्रो, ट्याम्पोलगायतका साना सार्वजनिक सवारीसाधनको मानिसबाटै ९म्यानुअल० जाँच भइरहेको छ । उहाँले भन्नुभयो, “प्यान्टलाई हामीले प्रयोगमा ल्याउन सकिरहेका छैनौँ ।”
काठमाडौँ महानगरपालिकाले सवारीसाधनको जाँचपास गराएर हरियो स्टिकर टाँसेपछि मात्रै चल्न दिने नियम बनाएको छ । त्यसैले पनि सवारीसाधन छ÷छ महिनामा आउने गरेका छन् । एकपटकमा आएर पास नभएका सवारीसाधनले आवश्यक मर्मत गरेर पुनःजाँचका लागि आउने गरेको उहाँले बताउनुभयो । केही समय पहिलेसम्म लामो दूरीका बसको पनि जाँच हुने गरेकामा हाल त्यो रोकिएको इञ्जिनीयर थिङले बताउनुभयो । ठूला बस जानका लागि सो स्थानमा जाम हुने भएकाले हालका लागि रोकिएको छ । निकट भविष्यमा चक्रपथ बाहिर पनि केन्द्र स्थापना गरेर ठूला सवारीसाधनको समेत जाँच गर्ने केन्द्रको योजना छ ।
हालका लागि १४ मात्रै दरबन्दी भए पनि भविष्यमा सो दरबन्दी अपर्याप्त हुनसक्ने इञ्जिनीयर थिङले बताउनुभयो । केन्द्रमा हाल प्रमुखसहित तीन जना मेकानिकल इञ्जिनीयरको दरबन्दी छ । सीमित प्रकारका र उपत्यकामा चल्ने साना सवारीसाधन मात्रै हुँदा पर्याप्त भए पनि आगामी दिनमा सबै सवारीसाधन जाँच हुँदा सो दरबन्दीसमेत अपर्याप्त हुनसक्ने उहाँले बताउनुभयो ।
केन्द्रमा दैनिक ९० देखि एक सयसम्म सवारीसाधनको जाँचपास हुने गरेको इञ्जिनीयर थिङले बताउनुभयो । अहिले मान्छेले नै हेर्दाभन्दा उपकरण समेत प्रयोगमा आउने हो भने दैनिक कम सवारीसाधनको जाँच गर्न सकिन्छ । एउटा सवारीसाधनको जाँच गर्न २० देखि २५ मिनेट लाग्ने हुँदा कार्यालय समयमा एउटा प्यान्टबाट दैनिक २०÷२५ वटासम्म सवारीसाधनको जाँच गर्न सकिने उहाँको भनाइ छ । सवारीसाधनको जाँचअन्तर्गत सवारीसाधनको बत्तीको अवस्था, टायर, डेन्टपेन्ट र नम्बर प्लेट हेर्ने काम अहिले भइरहेको उहाँले बताउनुभयो ।
उपकरणबाट भने ‘ब्रेकिङ फोर्स’, ‘च्यासिस’, ‘हेडलाइट’ को उज्यालो पर्याप्त भए÷नभएको र ‘हर्न’ को आवाज पर्याप्त भए÷नभएको कुरा हेर्नुपर्ने भए पनि त्यो हेर्न नसकिएको उहाँले बताउनुभयो । सो प्लान्टमा ठूला सवारीसाधन र साना सवारीसाधन जाँचका लागि छुट्टाछुट्टै लेन रहेको छ । प्लान्ट मर्मत भएर सञ्चालनमा आउनसके एउटा लेनबाट सवारीसाधन प्रवेश गरेपछि यो कुरा ठीक छ÷छैन भन्ने डिस्प्लेमा नै देख्न सकिन्छ । साना सवारीसाधनलाई उचालेर माथिल्लो तहमा पु¥याएर त्यसको सबै भाग हेर्न सक्छन् । त्यस्तै, ठूला सवारीसाधन प्राविधिक नै तल्लो भागमा गएर हेर्न मिल्ने व्यवस्था प्लान्टमा छ ।
केन्द्रमा प्रमुखका रुपमा अघिल्लो महिनादेखि कार्यरत इञ्जिनीयर मणिराम भुसालले आफू आएदेखि नै उपकरणको मर्मतका लागि पहल गरिरहेको बताउनुभयो । आफूले चिनियाँ निर्माण कम्पनीलाई मेलमार्फत सम्पर्कको प्रयास गरिरहेको उहाँले बताउनुभयो । सरकारले करोडौँ लगानीमा खरिद गरेको सो उपकरण मर्मत गरेर प्रयोगमा ल्याउनु नै फाइदा हुने उहाँको भनाइ छ । देशभरमा धेरै दुर्घटना सवारीसाधनकै कारण हुने भएकाले पनि त्यसको जाँच राम्ररी गरी सुधार गर्नसके दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “सम्भव भएसम्म त्यही कम्पनीका प्रतिनिधि बोलाएर मर्मत गराउने र उसैलाई सञ्चालनको तालिम दिन लगाउने सोचाइ रहेको छ ।”
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले ‘प्लान्ट’ मर्मतका लागि समिति बनाइएको बताउनुभयो । सो उपकरण मर्मत नै गरेर सञ्चालन गर्ने कि नयाँ खरिद गर्नुपर्छ भनी समितिले टुङ्गो लगाउने उहाँको भनाइ छ । चिनियाँ कम्पनीसँग सम्पर्कको निरन्तर प्रयास भइरहेको छ । उहाँले भन्नुभयो, “समितिले नै अब के गर्ने भनी टुङ्गो लगाउनेछ ।” सरकारको सबै प्रदेशमा एक÷एक गरी सात सवारी परीक्षण केन्द्र स्थापनाको योजना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
