जनस्वास्थ्य सरोकार, धनगढी । निजी क्षेत्रबाट सञ्चालित नवजीवन अस्पताल धनगढीले ‘मिनि पिसिएनएल‘ पद्धतिबाट आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्करुपमा शल्यक्रिया गरी उपचार गरेको छ ।
कुवेतको रेडक्रिसेन्ट सोसाइटीको प्राविधिक र आर्थिक सहयोगमा स्थानीय निकायले सिफारिस गरेका प्रोष्टेट ग्रन्थी, पिसाबनली र किड्नीमा फसेर रहेको पत्थरीका बिरामीको ‘मिनी पिसिएनएल’ पद्धतिबाट ३० बिरामीको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालका सञ्चालक योगेन्द्र ओझाले जानकारी दिनुभयो ।
नवजीवन अस्पताल प्रालिले आफ्नो वार्षिकोत्सवको अवसरमा पहिलोपटक यो पद्धतिबाट बिरामीको निःशुल्क शल्यक्रिया गरी उपचार गरेको हो । यो पद्धतिबाट शल्यक्रिया गर्दा बालबालिकाबाहेक वयस्कको शरीरको आधा भाग मात्र बेहोस बनाएर पत्थरी भएको बिरामीको शरीरको भागमा पाँच ‘एमएम‘को मसिनो प्वाल बनाई दूरबिनको सहायताबाट पत्थरी निकाल्ने गरिएको शल्यक्रियामा संलग्न वरिष्ठ युरो सर्जन डा सञ्जय खड्कीले बताउनुभयो ।
यो प्रविधिबाट शल्यक्रिया गर्दा कम जटिलता हुने, ठूलो चिरा लाउनु नपर्ने, बिरामीलाई २४ देखि ४८ घण्टाभित्र घर फर्काउन सकिने डा खड्कीले जानकारी दिनुभयो । यो शल्यक्रिया पद्धति आधुनिक प्रविधिको शल्यक्रिया विधि रहेको बताइएको छ । यस्तो आधुनिक प्रविधि प्रयोग गरी निःशुल्करुपमा शल्यक्रिया गरिएको नेपालमै यो पहिलोपटक रहेको बताइएको छ ।
उक्त शल्यक्रियामा वरिष्ठ युरो सर्जन डा खड्कीसँगै एनेश्थेसियोलोजिष्ट डा रोजी जोशी पाठक, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा आनन्द पाठक, डा किसनप्रसाद शाहलगायतको टोली सहभागी थियो । (रासस)
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
