जनस्वास्थ्य सरोकार, लमजुङ । बेँसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र सहयोगी स्काइ क्लबले संयुक्त रुपमा शिविरको आयोजना गरेका थिए ।
चण्डीस्थान स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा पाठेघरको परीक्षण गराएका मध्ये एक जनामा अर्बुद्धरोग र अर्को एकको पाठेघरमा ट्युमरको समस्या देखिएको जिल्ला सामुदायिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा हेमा छन्त्यालले जानकारी दिनुभयो । त्यस्तै, चिकित्सकका अनुसार ३० मा पाठेघरको मुखमा घाउ र १० मा पाठेघर खस्ने समस्या भएको पाइएको छ । शिविरमा चार जनाको पाठेघरमा रिङप्रेसरी राखिएको छ । शिविरमा चिकित्सक छन्त्याल, स्वाथ्यकर्मी सुशीला रिमाल र सङ्गीता भण्डारी, चण्डीस्थान स्वास्थ्य चौकीका अनुपमा रेग्मी र अशोक तामाङ गरी पाँच स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।
महिलामा पाठेघर खस्नु, सङ्क्रमण हुनु र अन्य समस्या देखिनु मुख्य कारण कम उमेर बच्चा जन्माउनु चाँडोचाँडो बच्चा जन्माउनु, सरसफाइमा ध्यान नदिनुलगायतका कारण रहेकोस्त्रीरोग विशेषज्ञ छन्त्यालले जानकारी दिनुभयो ।
शिविर वल्र्डभिजन इन्टरनेशनल नेपाल र जनचेतना अभिवृद्धि तथा विकास अध्यान समिति ९कोपाडेस० को आर्थिक सहयोग तथा बेँसीशहर नगरपालिका–६ वडा कार्यालय र चण्डीस्थान स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताउनुभयो । ग्रामीण भेगमा अधिकांश महिला समस्या भएर पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
