जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । प्रत्यारोपण त्रि.वि. शिक्षण अस्पतालमा हुने भएको छ ।
यसका लागि उहाँ भोलि नै अस्पताल भर्ना हुने बताइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराउनुभएको थियो ।
बैठक पछि प्रवत्ता नारायनकाजी श्रेष्ठले भन्नुभयो -'बुधबार प्रधानमन्त्रीको मिर्गौला पुनःप्रत्यारोपण हुनेछ, त्यसका लागि सोमबार नै अस्पताल भर्ना हुनु हुनेछ ।' आइतबार बसेको सचिवालय बैठकले पुनःप्रत्यारोपणको कामना गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ । प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उहाँले निरन्तर औषधि खाइरहनुभएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
