जनस्वास्थ्य सरोकार, विराटनगर । औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरि औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ । विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि बरामद गरेको हो । विराटनगर महानगरपालिका–९ न्यूरो हस्पिटल अगाडि सञ्चालित फ्रेन्डसिप फार्मेसीबाट म्याद गुज्रेका विभिन्न १५ प्रकारका १३९ परिमाणको औषधि फेला पारेको विभागका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्का जानकारी दिनुभयो । फार्मेसीका सञ्चालक विकास मण्डलले नष्ट गर्नका लागि छुट्टै कोठामा राखेको औषधि विभागले बरामद गरेको बताउनुभयो । यसैगरी अनुगमनका क्रममा आँगन फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई नियन्त्रणमा लिएको छ । प्राविधिक नराखी औषधि बिक्री वितरण गरेको आरोपमा उहाँलाई नियन्त्रणमा लिएको विभागले जनाएको छ । (रासस)
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
