
वासिंगटन — कोरोना भाइरस(कोभिड–१९) का कारण अमेरिकामा स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टीमा शनिबार एक जनाको मृत्यु भएको हो । किर्कल्यान्डको एभरग्रीन अस्पतालमा भर्ना भएका बिरामी ७० वर्षीय पुरुष रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। यसअघि शनिबार नै वासिंगटनमा एक जनाको मृत्यु भएको थियो। कोभिड–१९ का कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ र अमेरिकी नागरिकको संख्या ३ पुगेको छ। यसअघि चीनको वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो। सोमबार बिहानसम्म अमेरिकामा ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ हजारभन्दा बढीको मृत्यु, ८८ हजारभन्दा बढी संक्रमित
कोभिड–१९ का कारण चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ। चिनियाँ स्वास्थ्य आयोगका अनुसार चीनमा आइतबार थप २०२ जनामा संक्रमण देखिएको छ। चीनमा पछिल्लो समय मृत्यु हुने र संक्रमितको संख्या घट्दै गएको छ। सोमबार बिहानसम्म चीनमा दुई हजार ९सय १२ जनाको मृत्यु भएको छ भने ८० हजार २६ जनामा संक्रमण देखिएको छ। चीनपछि सबैभन्दा बढी इरानमा ५४ जनाको मृत्यु भएको छ। सोमबार बिहानसम्म इरानमा ९सय ७८ जनामा संक्रमण देखिएको छ। त्यस्तै चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा रहेका छन्। दक्षिण कोरियामा सोमबार बिहानसम्म संक्रमितको संख्या ४ हजार २ सय १२ पुगेको छ भने मृतकको संख्या २२ पुगेको छ।
इटालीमा पनि संक्रमण बढ्दो
युरोपेली मुलुक इटालीमा आइतबार मात्रै थप ५ सय ७३ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इटालीमा एक हजार ७ सय १ जनामा संक्रमण देखिएको छ। इटालीमा ४१ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै डायमन्ड प्रिन्सेस पानीजहाजमा ७ र अन्य ठाउँमा ६ गरी जापानमा १३ जनाको मृत्यु भइसकेको छ। जापानमा संक्रमितको संख्या ९ सय ६१(पानीजहाजमा ७०५) रहेको छ। त्यस्तै कोभिड–१९ का कारण अमेरिका, फ्रान्स र हङकङमा २–२ जनाको मृत्यु भएको छ। त्यस्तै थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सान मारिनो, र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
