[caption id="attachment_24613" align="alignnone" width="1200"]
तस्वीर-सौरभ लुइँटेल[/caption]
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनको कोरोना प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका नेपालीहरु १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन् । चीनको वुहानबाट १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा राखिएको थियो । सोमबार ४ बजेतिर स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइनबाट बिदाइ गरिएको हो । क्वारेन्टाइनबाट छुटेकाहरु सबैलाई पाँचवटा बसले घर नजिकै छाड्ने व्यवस्था मिलाइएको छ । तर सरकारले क्वारेन्टाइनमै बस्न चाहनेहरुका लागि भने फेरि बस्न मिल्ने व्यवस्था गरेको छ । क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य निगरानीमा खटिएका डा गौरब पोखरेलले चीनबाट असुरक्षित महसुश भए पनि नेपाल सरकारले राम्रो व्यवस्था गरेकाले सुरक्षित महसुश भएको प्रतिक्रिया दिएका थिए । साथै यहाँको अनुभवले अन्य क्षेत्रमा खटाए पनि काम गर्न सहज हुने उनको भनाइ थियो । चिकित्सकले कोरोना भाइरसको नेगेटिभ रिपोर्ट सार्वजनिक गरेपछि सबैजना आफ्ना परिवारका सदस्य तथा आफन्तहरुको साथ रमाउँदै घर फर्किएका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६