जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी सरकारले यस वर्ष होली पर्व नमनाउन आग्रह गरेको छ । सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
उहाँले यस वर्षको होली उत्सव नमनाउन र ठूला जमघट नगर्न आग्रह गर्नुभयो । कोरोनाको सम्भावित संक्रमण रोकथामका लागि सरकार गम्भीर बनेको भन्दै उहाँले नागरिकहरुलाई भरसक भीड हुने कार्यक्रम नगर्न, सहभागी नहुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भीडभाड हुने गरी कुनै काम नगरौं । सकभर भीड हुने कामबाट टाढै बसौँ । यसपटक होली पनि नमनाऔं ।’
उहाँले विवाहजस्ता उत्सवलाई पनि आफ्नो पारिवारिक विषय मात्रै बनाउन र ठूला भेला, भोजभतेर नगर्न आग्रह गर्नुभयो । नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै हुनसक्ने संक्रमणबाट जोगाउनका लागि सबै सचेत बन्नुपर्ने र जोखिम बढ्न नदिन सरकारले पनि विभिन्न कदम चालिरहेको उहाँको भनाइ थियो ।
उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकाे नेतृत्वमा मन्त्रीहरु सम्मिलित काेरोना भाइरस रोकथाम समन्वय समिति गठन गरेकाे र मुख्य सचिवको नेतृत्वमा स्टेरिङ कमिटी तथा प्रधामन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीको संयोजकत्वम वर्किङ टिमले यसका लािग काम गरिरहेको जानकारी पनि मन्त्री ज्ञवालीले दिनुभयाे । विदेशी पर्यटकलाइ अन-अराइभल भिसा स्थगित गरेकाे र कोरोना प्रभावित देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई एनओसी (नो अब्जेक्सन लेटर) जारी गर्न रोक लगाएकाे पनि उहाँले बताउनुभयाे ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
