जनस्वास्थ्य सरोकार, कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चिकित्सकले औषधि लेख्दा प्रयोग सम्बन्धी विस्तृत जानकारी बिरामीलाई दिन जोड दिनुभएको छ । माया मेट्रो अस्पताल प्रालीले आजदेखि प्रयोगमा ल्याएको ‘सिटी स्क्यान’ उपकरणको शुभारम्भ गर्दै उहाँले विपन्न समुदायलाई सहुलियत उपचार सेवा प्रदान गर्न अस्पतालसंग आग्रह गर्नुभयो । राष्ट्रियसभाका सदस्य शेरबहादुर कुँवरले अस्पतालले भित्र्याएको उपकरणबाट स्थानीयवासी लाभान्वित हुने बताउनुभयो । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सिटी स्क्यान सेवा नपाएर बाटोमै ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य भएको बताउनुभयो । अस्पतालका सञ्चालक धिरेन्द्र साउँदले व्यावसायिक रुपमा मात्र नभई सामाजिक सेवामा पनि समर्पित रहेको बताउनुभयो । करिब रु तीन करोड मूल्य बराबरको सिटी स्क्यानको उपलब्धताका सँगै काठमाडाँै, भारतको बरेली, लखनऊलगायत शहरमा जानुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
