जनस्वास्थ्य सरोकार, काठमाडौँ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै सर्वसाधारणहरु पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
उनीहरुका हातमा प्रधानमन्त्री ओलीको तस्वीर अंकित प्लेकार्ड छन् । प्लेकार्डमा ‘गेट वेल सुन पीएम’ लेखिएको छ । उनीहरु बाटोको एक छेउमा लामबद्ध भएर उभिएका छन् ।
प्रत्यारोपण सुरु गर्नुअघि मन्त्रीहरु, नेकपाका नेताहरु, मुख्य सचिव, विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्री ओलीलाई भेटेर मिर्गौला प्रत्यारोपण सफलताको कामना र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
जनस्वास्थ्य सरोकार राष्ट्रिय मासिक परिवारको तर्फबाट पनि प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
