नेभिगेशन

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे अस्पतालले दियो यस्तो सुचना

जनस्वास्थ्य सरोकार, काठमाडौं । दोस्रोपटक त्रि.बि. शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपित मिर्गौलाले काम शुरु गरेको छ । हाल उहाँको स्वास्थ्य स्थिर र सबै मुख्य सुचकांकहरु राम्रो अवस्था रहेको त्रि.बि. शिक्षण अस्पतालले सुचना दिएको छ । त्रि.बि.शिक्षण अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ—‘उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ ।’ एउटा मिर्गौला दान गर्ने प्रधानमन्त्रीकी भान्जीपर्ने समीक्षा संग्रोलाको स्वास्थ्यस्थिति पनि सामान्य रहेको छ । प्रधानमन्त्रीको शल्यक्रिया टोलीमा वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम कुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवाली र एपोलो हस्पिटलमा यस अघि २०६४ सालमा मिर्गौला प्रत्यारोरोपण गर्ने प्रा.डा. अनन्त कुमार लगायतको टोलीको सहभागिता रहेको थियो । मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रधानमन्त्रीकी निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोलीको सहभागिता रहेको थियो । एनेस्थेसिया र क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा सुवास आचार्य लगायतको टोली सहभागिता रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट