जनस्वास्थ्य सरोकार, काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उहाँको काठमाडौंको त्रि.वि.शिक्षण अस्पतालमा फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको दोस्रो दिन झोलिले खानेकुरा खान थाल्नुभएको प्रधानमन्त्रीका निजी प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभएको छ । ओलीका अन्य सूचकहरु सामान्य अवस्थामा रहेका छन् ।
प्रधानमन्त्री ओलीको शल्यक्रिया कक्षबाट हिजोदेखि नै प्रत्यारोपण उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।
दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएका ओलीलाई भान्जी पर्ने समीक्षा संग्रौलाले एउटा मिर्गौला दान गर्नुभएको थियो ।
ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको बेला सहभागी भएका प्रा.डा. अनन्तकुमार नेपालमा दोस्रोपटकको प्रत्यारोपणमा पनि सहभागी हुनुभएको थियो ।
प्रधानमन्त्रीको शल्यक्रिया टोलीमा वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम कुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवालीको टिम खटिएको थियो । एक टोलीले दाताको मिर्गौला झिक्ने र अर्कोले प्रत्यारोपण गरेको थियो । मिर्गौला शल्यक्रियापछि करिब १० दिनजति अस्पतालमा चिकित्सकको निगरानीमा रहनुपर्ने चिकित्सकहरुको सल्लाह छ ।
स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौमा सिंगापुर ‘प्लाज्माफेरेसिस’ का लागि जानुभएको थियो । करिब २ हप्ताको उपचारपछि स्वदेश फकिर्नुभएका उहाँ गत कात्तिकदेखि नियमित डायलाईसिसमा हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
