जनस्वास्थ्य सरोकार, पोखरा । कोरोनाबाट उत्पन्न परिस्थितिसँग जुध्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले ‘क्राइसिस म्यानेजमेण्ट कमिटी’ गठन गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा गठित समितिमा होटल सङ्घ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेल, पश्चिमाञ्चल होटल सङ्घका सल्लाहकार परिषद्का अध्यक्ष हरि शर्मा गैरे, होटल सङ्घका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल होटल सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुली, सङ्घका सल्लाहकार विश्वशङ्कर पालिखे, सङ्घका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी र महासचिव गणेशराज पहारी रहनुभएको छ ।
व्यवसायलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने विषयमा सङ्घद्वारा शनिबार यहाँ आयोजित भेलाले सो समिति गठन गरेको हो । कोरोना भाइरसको विश्व्यापी सङ्क्रमणसँगै पर्यटन क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई दृष्टिगत गरी सङ्घले मानव स्वास्थ्य र खाद्य स्वच्छतामा ध्यान पु¥याउन सदस्य होटललाई आग्रह गरेको छ ।
कार्यक्रममा सङ्घका अध्यक्ष तुलाचनले कोरोनाविरुद्ध होटल प्रतिष्ठानमा मानव स्वास्थ्य र खानाको स्वच्छता सम्बन्धमा सचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रत्येक व्यसायी कर्मचारी, पर्यटक र ग्राहकलाई समेत यस्तो सचेतनामा समेट्नुपर्ने बताउनुभयो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अभियान सञ्चालन गर्ने र यसका लागि मेन्यूमा छुट दिने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउने सङ्घले निर्णय गरेको छ ।
सङ्घले होटल क्षेत्रको लगानी सुरक्षित गर्न सरकारसँग विशेष राहत प्याकेज घोषणाका लागि अनुरोध गर्ने र अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सो समितिले कोरोनाको असरका कारण पर्यटन क्षेत्रमा परेको नकारात्मक असरविरुद्ध जुध्न रणनीति तय गर्ने, राहत र अन्य सुविधाका लागि नेपाल राष्ट्र बैंक, पर्यटन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग छलफल र समन्वय गर्ने महासचिव पहारीले जानकारी दिनुभयो । कार्यक्रममा नेपालमा हालसम्म कोरोना नभित्रिएको र यसबाट मानिसको ज्यान पनि नगएको विषयलाई प्रचार र मनन गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । साथै सदस्यले कोरोनाका कारण व्यवसायलाई टिकाउनै मुश्किल परेको दुखेसो पोख्दै होटल बनाउन बैंकसँग लिएको ऋणको ब्याजदर, भाडामा घर लिएर सञ्चालित होटलले भाडा तिर्न परेको समस्या लगायतमा आ–आफ्ना धारणा राखेका थिए ।(रासस)
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
