जनस्वास्थ्य सरोकार,काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई न्यूनीकरण गर्न संस्थाका उपाध्यक्ष दीपककुमार मलहोत्राको संयोजकत्वमा समिति गठन गरेको छ ।
सो समितिमा कार्यसमितिका सदस्य मृगेन्द्रमेहर श्रेष्ठ, नवराज ढकाल, दीपक श्रेष्ठ, दीपक कुँवर, देवेन्द्रभक्त श्रेष्ठ, सुरेन्द्र शारदा, सञ्जय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा, ज्योतिप्रकाश पाण्डे र आनन्दकुमार अग्रवाल बगारीय रहनुभएको छ । सस्थाले सो भाइरसको जोखिम न्यूनीकरणमा सहयोग पु¥याउन थर्मामिटर गन, मास्क, प्राइम किट, प्रिमियम सेट (पिपीइ सेट), स्प्रिट, फुलगाउनलगायतका सामग्री सरकारलाई हस्तान्तण गरेको छ ।
संस्थाका अध्यक्ष राजेशकाजी श्रेष्ठले अहिलेसम्म भाइरस सङ्क्रमण नदेखिए पनि जोखिम आउन नदिन सचेतनालाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले औषधि, मास्क, सेनिटाइजरलगायतका सामग्री सहज आपूर्तिको व्यवस्था मिलाउन सहजीकरण गर्ने जानकारी दिनुभयोे ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले अहिलेसम्म कोभिड–१९ को सङ्क्रमण नदेखिएता पनि सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले साबुन पानीले पटक–पटक हात धुन, भीडमा नजान र जानुपर्दा मास्क लगाउन आग्रह गर्दै श्वासप्रश्वासमा समस्या आएको शङ्का लाग्नासाथ स्वास्थ्य संस्थामा जान सल्लाह दिनुभयो ।
त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय गौचरणका निर्देशक देवचन्द्रलाल कर्णले विमानमा आवश्यक जाँच गर्ने , विमानस्थलमा स्प्रे छर्ने, व्यक्तिलाई शङ्का लाग्दा छुट्टै राख्ने र झरेपछि पनि परीक्षण गर्ने गरिएको बताउनुभयो । चेम्बरका सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्रमेहर श्रेष्ठले बजारमा औषधि अभाव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म नेपालमा औषधिको अभाव छैन र तत्काल अभाव हुने देखिँदैन, त्यसैले भ्रमको पछि लाग्नु हुँदैन ।”
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
