जनस्वास्थ्य सरोकार, काठमाडौं । वाग्मती प्रदेश प्रहरी कार्यालयले कोरोना भाइरसको परिचय र रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रममा जुटेको छ ।
विगतमा लागुऔषध, साइवर क्राइम, तथा महिला हिंसा विरूद्धका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश प्रहरी कार्यालयले हाल कोरोना भाइरसका बारेमा जनमानसमा छाएको सन्त्रास न्यूनीकरण गर्ने उद्देश्यले यस सम्बन्धी सचेतनामूलक कार्यक्रममा जुटेको हो ।
कार्यक्रममा कोरोना भाइरसको परिचय, यसको संक्रमण लक्षण एवं पहिचान, नियन्त्रण र रोकथामका उपायहरुबारे जानकारी दिने गरेको प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
प्रदेशका हरेक जिल्लामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहालले जानकारी दिनुभयो । विश्वका अधिकांश मुलुकजस्तै नेपाली समाजमा पनि कोरोना भइरसको बारेमा सन्त्रास छाएको र नकारात्मक तथा सकारात्मक बहस भइरहेको भन्दै उहाँले ती बहसलाई चिर्दै वास्तविकताको बारेमा जानकारी गराउनुपर्ने राज्यको दायित्वलाई पूरा गर्ने काम प्रहरीले गरिरहेको बताउनुभयो ।
चिकित्सक तथा स्वास्थ्य क्षेत्रका जानकार एवं प्रहरीभित्रका दक्षजनशक्तिमार्फत महामारीबाट बच्न अपनाउनुपर्ने सावधानी लगायतका बारेका चेतनामूलक सामग्री प्रस्तुत गरेर विभिन्न विद्यालय, क्याम्पस तथा गाउँटोलमा कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस भइरसको बारेमा प्रहरीलाई समेत सचेत पारिएको छ । सोही क्रममा वाग्मती प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण हेटौँडाका प्रहरी अधिकृत तथा जवानका लागि समेत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दाहालले जानकारी दिनुभयो । यस्तो अवस्थामा प्रहरी स्वयम् बचेर जनताको जिउधनको रक्षार्थ खटिनुपर्ने हुनाले उनीहरुको लागि यस्तो प्रशिक्षण दिइएको उहाँको भनाइ छ ।
उक्त गणमा वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले जोखिमबाट बच्न प्रहरी कर्मचारीले अपनाउनुपर्ने सावधानी सम्बन्धी सचेतनामूलक सामग्री प्रस्तुत गर्नुभएको उहाँले जानकारी दिनुभयो । (रासस)
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
