जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणको आज छैटौँ दिन उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ । उहाँको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्रीलाई मिर्गाैला दान दिन उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति पनि राम्रो अवस्थामा रहेको जनाइएको छ । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रोपटकको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । सुधारको अवस्था कायम रहेमा प्रधानमन्त्री ओलीलाई केही दिनमा ‘डिस्चार्ज’ गरिने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
