जनस्वास्थ्य सरोकार, काठमाडौँ । शहरीकरण तीव्र भएपछि गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गरिने भएको छ । राजधानी काठमाडौँको पूर्वी क्षेत्रको महत्वपूर्णस्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् र नगरपालिकाबीच सम्झौता भएको हो । सङ्घका सचिव गौरीराज जोशी र नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । काठमाडौँको काठ क्षेत्रमा बस्ती विस्तार भएसँगै पूर्वी भेगका अधिकांश स्थान भरिएका छन् । जोरपाटी चोक बूढानीलकण्ठको पूर्वी भाग, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुर र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका गरी पाँच स्थानीय तह छिर्ने व्यस्त चोक हो । यी क्षेत्रको व्यापारसमेत यही मार्गबाट हुँदै आएको छ । जोरपाटी चोकमा हाल शौचालय नहुँदा यो मार्ग भएर ओहोरदोहोर गर्ने पैदलयात्रु वाग्मती नदी किनारमा खुला शौच गर्छन् । बेलुकीको समयमा खुला स्थानमा शौच गरिँदा सफाइमा चुनौती थपिएको थियो । त्यसका कारण नदी सफाइमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

