जनस्वास्थ्य सरोकार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल निर्माण गर्ने भएको छ । अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एक स्थानीय तह एक अस्पताल’ बनाउने योजनाअनुसार स्वास्थ्यचौकीको स्तरोन्नति गरी अस्पताल बनाउनका लागि सम्भाव्यता अध्ययनको कार्य पूरा भएको छ । अस्पताल निर्माणका लागि कन्सलटेन्सीमार्फत विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्यलाई अगाडि बढाएको नगरपालिका–४ का अध्यक्ष ज्ञानबहादुर विष्टले बताउनुभयो । तत्कालका लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वास्थ्यचौकीमा रहेका भवनको स्तरोन्नति गरी सेवा सञ्चालनका लागि रु ३८ लाख बजेट परिचालन गरेको छ । प्रदेश मन्त्रालयबाट प्राप्त बजेट परिचालन गरी स्वास्थ्यचौकीका पुरानो भवन स्तरोन्नति गर्न ठेक्का प्रक्रियामार्फत निर्माणको कार्य अगाडि बढाइएको वडा अध्यक्ष विष्टको भनाइ छ । सङ्घीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीमा रु २५ लाखको लागतमा चौबिस घण्टे बर्थिङ सेन्टर भवन निर्माणका लागिसमेत कार्य अगाडि बढाइएको छ । बर्थिङ सेन्टर निर्माणका लागि लाग्ने कूल लागतको २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने अध्यक्ष विष्टले बताउनुभयो । स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएपछि सर्वसाधारणले विशषज्ञसहितको चिकित्सकीय सेवा पाउने भएका छन् । पिपलाडीसहित कञ्चनपुरका कृष्णपुर र बेदकोटको दैजी स्वास्थ्यचौकीको समेत स्तरोन्नति गरी अस्पताल बनाउन कार्य अगाडि बढाइएको छ । (रासस)
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
