चीनमा कोरोनाभाइरसको प्रकोप देखा परेयता सङ्क्रमणको विश्वव्यापी विस्तारसँगै एसियामा सङ्क्रमित हुने र ज्यान गुमाउनेहरूको सङ्ख्या दशौँ हजार छ। स्वास्थ्य लडाईँसँगै भाइरसले एसियाभरी गम्भीर समाजिक प्रभाव पारेको छ र महिलाहरू तुलनात्मक रूपमा धेरै प्रभावित भएका छन्। एसिया र प्रशान्त क्षेत्र हेर्ने राष्ट्र सङ्घकी मानवीय र विपद् जोखिम सल्लाहकार मारिया होस्टबर्गले भन्छिन्, "सङ्कटले जहिले पनि लैङ्गिक असमानता बढाउँछ।" एसियाका महिलाले अहिलेको आकस्मिक पीडा बेहोर्नु पर्नाका पाँचवटा कारण यस्ता छन्।
१. स्कूल बन्द
दुई सन्तानकी आमा पत्रकार सङ्ग सो योङ्ग भन्छन्, "म अहिले तीन सातादेखि बच्चाहरूसँग घरमै छु।" उनी दक्षिण कोरियामा बस्छिन्। त्यहाँ थप दुई साताको निम्ति नयाँ शैक्षिक सत्र स्थगित गरिएको छ। जसका कारण मार्च २३ तारिखसम्मका निम्ति विद्यार्थीहरू स्कूल फर्किन पाउने छैनन्। युनेस्कोको पछिल्लो तथ्याङ्क अनुसार दक्षिण कोरिया, चीन र जापानमा २५ करोड ३० लाख विद्यार्थीहरू मार्च ४ तारिखमा पूर्व प्राथमिकदेखि उच्च माध्यामिक कक्षामा सहभागी हुने थिए जो अहिले विद्यालय गइरहेका छैनन्। सङ्क्रमण रोक्न लिइएका यस्ता निर्णयले सङ्ग जस्ता महिलालाई अप्ठेरो परेको छ। पूर्वी एसियाका कैयौँ देशहरूमा घरमा रहेका आमाको काँधमा असन्तुलित बोझ बढेको छ र सङ्गले आफूलाई घोर निराशाले छोपेको सुनाइन्। उनी भन्छिन्, "साँच्चै भन्ने हो भने म कार्यालय जान चाहन्छु किनकि म घरमा ध्यान केन्द्रित गर्न सक्दिन। तर घर चलाउन मेरा पतिले कमाउनु पर्छ र उनलाई फुर्सद छैन।" सङ्गका ११ वर्षीय छोरी र पाँच वर्षीय छोराले फिल्म हेरेर र खेल खेल्दै दिन काट्छन्। उनले छोराछोरी सुतेका बेला कतिपय काम पूरा गर्ने प्रयास गर्छिन्।
२. घरेलु हिंसा
चीनमा दशौँ लाख मानिसहरूले घरभित्रै समय बिताउँदा त्यहाँ घरेलु हिंसाका घटना बढिरहेको अधिकारकर्मीहरूले बताएका छन्। सन् २०१९ को नोभेम्बरमा भाइरसको प्रकोप सुरु भएको वुहान पुगेकी महिला अभियानकर्मी गुओ जिङ्गले बताए अनुसार आफ्ना अभिभावकहरूबीच घरेलु हिंसा देखेको बताउने युवाहरूले उनीसँग व्यक्तिगत रूपमा सोधखोज गरेका छन्। तर ती मानिसहरूलाई कोसँग सहयोग माग्ने भन्नेबारे जानकारी नभएको उनको भनाइ छ। हेनान प्रान्तमा बस्ने चिनियाँ अधिकारकर्मी शियो लिले आफ्नी एकजना नातेदार पूर्वपतिको आक्रमणमा परेको र सहयोगको याचना गरेको घटनाबारेमा बीबीसीसँग चित्त दुखाइ सुनाइन्। उनले भनिन्, "सुरुमा उनलाई गाउँबाट उद्धार गर्न अनुमति पाउन असम्भव देखियो, तर अन्तत: निकै अनुनय विनय गरेपछि प्रहरीले अनुमति दियो र मेरो भाइले उनी र उनका छोराछोरीलाई भेटेर ल्याए।" बेइजिङमा रहेको गैरनाफामुखी महिला अधिकारवादी संस्थाकी निर्देशक फेङ्ग योनले क्वारन्टीन घोषणा गर्नुअघि भन्दा पीडितहरूको उजुरी तीन गुणा बढी आएको बताइन्। उनी भन्छिन्, "प्रहरीले प्रकोप देखाएर घरेलु हिंसालाई गम्भीरतापूर्वक नलिने बहाना बनाउनु हुँदैन।" युएन विमिनले पनि नियमित स्वास्थ्य जाँच वा लैङ्गिक हिंसा जस्ता महिलाहरू लक्षित सेवासँग सम्बन्धित साधन स्रोतहरू प्रकोप नियन्त्रणको निम्ति अन्यन्त्र लगिने विषयले आफूलाई चिन्तित तुल्याएको जनाएको छ। ३. अग्रभागमा रहने हेरचाहकर्मी विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य र सामाजिक क्षेत्रमा ७० प्रतिशत महिला काम गर्छन्। चिनियाँ सञ्चार माध्यमले 'पवित्रता र योद्धा जस्तो' भन्दै नर्सको रूपमा अग्रभागमा रहेर काम गर्ने महिलाको प्रशंसा गरिरहेका छन्। तर ती महिला स्वास्थ्यकर्मीको वास्ताविकता के छ? गान्सु प्रान्तका महिला स्वास्थ्यकर्मीहरूलाई कोरोनाभाइरसको प्रकोपविरुद्धको लडाईँमा सहयोग गर्न पठाउनुअघि कपाल खौरिन बाध्य पारिएको देखिने एउटा भिडिओ अनलाइनमा आएपछि त्यसबारे विभिन्न प्रतिक्रिया आएको थियो। हालै नौ महिनाको गर्भ तुहिएकी एक स्वास्थ्यकर्मी काममा फर्किएकी थिइन्। त्यो प्रचारबाजीले खतरनाक उदाहरण प्रस्तुत गर्ने भन्दै ठूलो प्रतिक्रिया उत्पन्न गरिदिएको थियो। गत महिना बीबीसीले कुराकानी गरेको एक नर्सले १० घन्टा लामो कार्यालय समयमा अस्पताल कर्मचारीहरूलाई खान, आराम गर्न वा शौचालय प्रयोग गर्न समेत अनुमति नदिइने गरेको बताएकी थिइन्। जियाङ् जिनजिङ्गका अनुसार सबै अस्पताल कर्मचारीहरूलाई त्यसो गरिएको छ तर महिलाले थप भेदभावको तहको पनि बोझ उठाइरहेको बताइन्। उनी प्रकोपको केन्द्र बनेको हुबे प्रान्तमा अग्रभाग खटिएका कर्मचारीलाई महिला अनुकूलको स्वच्छ उत्पादन पुर्याउने प्रयास गरिरहेको कोरोनाभाइरस सिस्टर सपोर्छ अभियानसँग जोडिएकी छन्। उनका अनुसार महिलाको महिनावारीका आवश्यकतालाई पनि बेवास्ता गरिएको छ। उक्त अभियान अन्तर्गत महिनावारी हुँदा लगाइने प्याड लगायतका साधनहरू आठ लाखभन्दा धेरै सङ्ख्यामा वितरण गरिएको उनको भनाइ छ। समाजिक सञ्जालमा स्वयम्सेवकको अभियानको प्रशंसा भएपछि सरकारी निकाय विमिन्स डेभलपमेन्ट फाउन्डेसनले महिला स्वास्थ्यकर्मीहरूका निम्ति महिनावारीका बेला आवश्यक सामान पठाइने बताएको छ।






प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
