नेभिगेशन

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने व्यक्ति अस्पतालबाट १० दिनमा डिस्चार्ज

जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई एउटा मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज हुनुभएको छ । प्रधामन्त्री ओली भने केही दिनपछि डिस्चार्ज हुँदैहुनुहुन्छ । मिर्गौला दाता संग्रौला फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । १० दिनको अस्पताल बसाइपछि उहाँ फागुन २८ गते डिस्चार्ज हुनुभएको हो । प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले केही दिनपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज गरिने जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतको एपोलो हस्पिटलमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । पहिलो मिर्गौला प्रत्यारोपणमा भाइबुहारी पर्ने अञ्जना घिमिरेले मिर्गौला दान गरेकोमा दोस्रोपटक ओलीको भान्जी पर्नेले मिर्गौला दान गर्नुभएको छ । ओलीको मिर्गौला प्रत्यारोपण र शल्यक्रियामा प्रा. उत्तमकुमार शर्मा, प्रा. प्रेमराज ज्ञवाली, प्रा. दिव्या सिंह शाह, प्रा. अनन्त कुमार, डा.पवनराज चालिसे, सुमन चापागाईँ र सुजित पौडेल गरी १६ जना चिकित्सक र एपोलोमा पहिलोपटक ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डा. अनन्त कुमार पनि यसपटकको मिर्गौला प्रत्यारोपणमा सहभागी हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर जानुभएको थियो । दुई हप्ताजति ’प्लाज्माफेरेसिस’ पनि गरिएको थियो । तर बिस्तारै मिर्गौलाले काम गर्न नसकेपछि गत कात्तिकबाट उहाँ नियमित डायलाईसिसमा हुनुहुन्थ्यो । प्रधानमन्त्रीको शल्यक्रियामा भारतका वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक तथा पहिलो मिर्गौला प्रत्यारोपणमा सहभागी प्रा.डा. अनन्त कुमार, शिक्षणका विभागीय प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवाली डा. पवन चालिसे, डा.भोजराज लुइटेल, डा.सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनिषमान प्रधानको संलग्नता रहेको थियो । प्रत्यारोपण चिकित्सातर्फ विभागीय प्रमुख स्वयम् दिव्या सिह शाहको नेतृत्वमा डा. महेशराज सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री संलग्न थिए । एनेस्थेसियातर्फ विभागीय प्रमुख डा. अनिल श्रेष्ठको नेतृत्वमा प्रा.डा. सुवासप्रसाद आचार्य, डा. विगेनमान शाक्य र डा. अमित शर्मा भट्टराईको टोली संलग्न थियो । त्यसैगरी क्रिटिकल केयरतर्फ प्रा.डा. सुवासप्रसाद आचार्यको नेतृत्वमा डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. हेमराज पनेरु र डा. सौरभ प्रधानको टोली संलग्न थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट