जनस्वास्थ्य सरोकार, रुपन्देही । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई दक्ष जनशक्ति र उपकरणसहित सुविधा सम्पन्न बनाउने तयारी भएको बुधबार पत्रकार सम्मेलन गरी मन्त्रालयले जनाएको छ ।
सङ्घीय सरकारले प्रदान गरेको रु १० करोड विशेष अनुदानबाट सो कार्यक्रम सञ्चालन हुने सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो । उहाँले कार्यक्रमबाट प्रसूति सेवा थप प्रभावकारी भइ आमा र शिशुको स्वास्थ्यमा सुधार आउने बताउनुभयो । स्वास्थ्यकर्मीलाई तालीम तथा विभिन्न २६ प्रकारका सामग्री सो सेन्टरलाई उपलब्ध गराइने जनाइएको छ । प्रदेश स्वास्थ्य तालीम केन्द्र बुटवलका निर्देशक महेश्वर श्रेष्ठले प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्या ५७ प्रतिशत रहेकोे जानकारी गराउँदै कार्यक्रमले मातृ तथा शिशुमृत्युदर घटाउन थप सहयोग पुग्ने बताउनुभयो । (रासस)
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
