जनस्वास्थ्य सरोकार, मार्तडी । बूढीगङ्गा नगरपालिका–४ स्थित कोटबाडाकी १४ वर्षीया स्वस्तिका नेपाली ८ कक्षामा नियमित अध्ययन गर्ने छात्रा हुनुहुन्छ । उहाँलाई पहिलोपटक महिनावारी हुँदा गाउँ नजीकै रहेको विद्यालयमा जाने कि नजाने गए पनि कसरी कक्षामा बस्ने र पढ्ने भन्ने चिन्ताले सतायो ।
पहिलोपटक महिनावारी हुँदा स्वस्तिकासँगै विद्यालय जाने र महिनावारी भएका किशोरीलाई सधैँ समस्या हुने गरेको थियो । अहिले यहाँका विद्यालयमा अध्ययनरत किशोरीलाई महिनावारी हुँदा चिन्ता घटेको छ । “पहिले महिनावारी भएका बेला महिनामा तीन–चार दिन स्कूल आउँदैनथ्यौँ”, नेपालीले भन्नुभयो, “महिनावारी भएका बेला विद्यालयमा मानसिक तनावले पढ्ने अवस्था नै हुँदैनथ्यो, अहिले त सजिलो छ स्कूल छोड्नु परेको छैन ।”
नेपाली जस्तै सोही कक्षामा अध्ययनरत छात्रा सङ्गीता रावतले महिनावारी भएका समयमा विद्यालयमा समस्या झेल्दै डरैडरले अध्ययन गर्दै आउनुभयो । पछिल्लो समय विद्यालयमा निःशुल्क सेनेटरी प्याड दिएपछि महिनावारी हुँदा भोग्नुपर्ने समस्या हटेको खुशी उहाँले सुनाउनुभयो । छात्रा महिनावारी भएको बेला शारीरिक समस्या हुने र पठनपाठनमै समेत असर पर्नाका साथै मानसिकरुपमा तनाव भोग्नुपर्ने अवस्था रहेको राजेन्द्र आधारभूत विद्यालयका शिक्षिका प्रभु शाहले बताउनुभयो ।
उहाँले महिनावारीको समयमा छात्राहरु विद्यालय नै नआउने आए पनि कक्षा छाडेर घर फर्किने गरेका गुनासो गर्नुभयो । अहिले विद्यालयमा छात्राका लागि निःशुल्क सेनेटरी प्याड वितरण हुने गरेकाले महिनावारी भएका बेलामा पनि छात्राले विद्यालयमा नियमितता दिएका उहाँले बताउनुभयो । महिनावारी भएका बेला छात्राका लागि सेनेटरी प्याड, महिनावारी हुँदा हुने समस्याका लागि आवश्यक औषधि, विद्यालयमै बिरामी हुँदा आरामकक्षको व्यवस्था र महिनावारी हुँदा नियमित सरसफाइमा ध्यान दिनुपर्छ भनेर विद्यालयले विभिन्न जनचेतना जगाउँदै आएको छ ।
विद्यालयमा महिनावारी हुने छात्राका लागि सेनेटरी प्याडदेखि लिएर सरसफाइका सबै सामग्री विद्यालयले उपलब्ध गराएपछि महिनावारी भएका बेला छात्राको विद्यालयमा नियमितता बढेको राजेन्द्र निम्न माविका प्रधानाध्यापक नृगसिंह नेपालीले बताउनुभयो । पछिल्लो समय महिनावारी भएका छात्राले सहजै रुपमा विद्यालयमा राखिएका सेनेटरी प्याड माग्ने गरेको थुमा माविका प्रधानाध्यापक पूर्ण खातीले बताउनुभयो ।रासस
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
