जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले नेपालमा अहिलेसम्म कोरोनाको आशंकामा नमुना परीक्षण गराइएका ४ सय ५० मध्ये हालसम्म १ जनामा मात्रै पोजेटिभ देखिएको भएतापनि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालय जनाएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको आशंकामा हाल ६ जनालाई आइसोलेसनमा राखिएको जानकारी दिनुभयो । उहाँको भनाई अनुसार ४ जनालाई शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकु र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । यस्तै, सिभिल अस्पतलबाट पनि कोरोनाको आशंकमा एक जना बिरामीको नमुना आएको तर परीक्षण भइनसकेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य सचिव यादव कोइरालाले मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य र शिक्षा गम्भीर कुरा भएकाले सही सूचना प्रवाह गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘अहिले हामी जोखिमलाई हेरेर काम गरिरहेको छौं। नाकाहरुमा कडाई गरेका छौं। स्थानीय र प्रदेश सरकासँग हातेमालो गरेका छौँ।’
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
