जनस्वास्थ्य सरोकार, काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यवस्था ९ दिनको अवधिसम्म सामान्य रहेको छ । उहाँको नियमित स्वास्थ्य परीक्षणलाई निरन्तरता दिइरहेको र परीक्षणका नतिजाहरु सुधारोन्मुख रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ । उहाँका भाइटल तथा ल्याब सुचकहरु पनि राम्रो अवस्थामा रहेको उल्लेख छ ।
यसैबीच प्रधानमन्त्री ओलीलाई ९ दिनपछि मात्र फागुन २९ गते पत्नी राधिका शाक्यले भेट्ने मौका पाउनुभएको छ । अस्पताल पुगेर उहाँले प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दोस्रो भिजिटरका रुपमा पत्नी राधिकाले प्रधानमन्त्रीलाई भेट गर्न पाउनुभएको जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
