नेभिगेशन

क्यानडाका प्रधानमन्त्री ट्रुडो की पत्‍नीलाई कोरोना संक्रमण, ट्रुडो पनि १४ दिन आइसोलेसनमा 

 क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोरी ट्रुडोलाई कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ ।बिहीबार राति क्यानडेली प्रधानमन्त्रीको कार्यालयले सोफीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको हो ।  सोफीको स्वास्थ्य अवस्था ठीक रहेको र चिकित्सकको सल्लाहमा आइसोलेसनमा रहेको पनि क्यानडेली सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै प्रधानमन्त्री जस्टिन ट्रुडो पनि १४ दिन आइसोलेसनमा बस्ने भएका छन् । कुनै लक्षण नदेखिएकाले उनले भने कोभिड–१९ को परीक्षण गर्नु नपर्ने चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ट्रुडोले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दैछन् ।बिहीबार बेलायतबाट फर्केपछि सोफीलाई ज्वरो आउन थालेको थियो ।क्यानडामा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने १३२ जनामा संक्रमण देखिएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण अहिले विश्वका १२५ देशमा फैलिइसकेको छ । शुक्रबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ भने एक लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । ७० हजारभन्दा बढी निको भइसकेका छन् । पछिल्लो समय चीनमा कोभिड–१९ को प्रकोप घट्दै गए पनि युरोपेली र अमेरिकी मुलुकमा भने बढिरहेको छ । एजेन्सी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट