जनस्वास्थ्य सरोकार, लमजङ । लमजङको बेँसीशहर नगरपालिका– ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा आउने पर्यटकलाई रोक लगाउन थालिएको छ । यहाँका घरवासमा दैनिक सयौँको सङ्ख्यामा पर्यटकको भीड लाग्ने गर्दछ । विदेशी पर्यटकका माध्यमबाट यहाँ कोरोना भाइरसको त्रास भएकाले रोकथामका लागि केही दिन पर्यटकलाई रोक लगाइएको ग्रामीण काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ । यहाँ आउनका लागि विभिन्न जिल्लाबाट दर्ता (बुकिङ) गरेका थिए तर सो भाइरसको डर भएको भन्दै नआउनलाई आग्रह गर्दै बुकिङ रद्द गरिएको सो व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिनुभयो । कोरोनाको जोखिमलाई ध्यान दिँदै घरवासमा पर्यटक रोक्न थालिएको व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताउनुभयो । भाइरसको त्रास नहटुञ्जेलसम्म काउलेपानी घरवासमा आउने पर्यटकलाई रोक लगाइने बताइएको छ । शाहवंशीय राजाको उद्गमस्थल लमजुङ दरबार नजिकै रहेको यस घरवासमा नेवार, गुरुङ, भुजेल समुदायको बसोबास रहेको छ । ती समुदायका काउलेपानीमा २५ घरधुरी रहेको छ । उक्त घरधुरीमध्ये तीनवटै समुदाय गरी १५ वटा घरमा घरवास सञ्चालनमा रहेको छ । समुन्द्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट घरवास शुरु भएको थियो । यशोबह्मा शाहवंश राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीयस्थल देख्न सकिन्छ । (रासस)
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

