जनस्वास्थ्य सरोकार, धरान । कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानका निर्देशक प्राडा गौरीशङ्कर साहको नेतृत्वमा १२ सदस्यीय ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको थियो । सो भाइरस सङक्रमण हुन नदिन र सङ्क्रमित भेटिए उपचार गर्न बिहीबार सो डेस्क स्थापना गरिएको निर्देशक प्राडा साहले जानकारी दिनुभयो ।
उहाँले प्रतिष्ठानमा विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई डेस्कले समन्वय गरी सहयोग गर्ने जानकारी दिनुभयो । भाइरसको सङ्क्रमण देखिएका बिरामीलाई ‘आइसोलेशन वार्ड’मा राखिने प्रतिष्ठानले जनाएको छ । यसका लागि प्रतिष्ठानमा १० वटा श्यया र तीन सघन उपचार कक्ष छुट््याएको छ ।
चिकित्सकका लागि व्यक्तिगत सुरक्षाका सबै सामग्री उपलब्ध गराएको छ । सो वार्डका बिरामीको उपचारका लागि चिकित्सकका लागि एम ९५ मास्क, गाउन, चस्मा, थर्मो स्केललगायत सुरक्षाका सामग्री व्यवस्थापन गरिएकोे प्राडा साहले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
