जनस्वास्थ्य सरोकार, दमौली । कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् ।
कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुन स्थानीय तहले आह्वान गरेको छ । शुक्लागण्डकी नगरपालिकाको केही दिन अगाडि सम्पन्न छैठौँ नगरसभाले सो भाइरसबाट बच्न संयमित भई सतर्कता अपनाउन आग्रह गरेको नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो ।
उहाँले नियमितरुपमा साबुनपानीले हात धुन, खोक्दा, हाच्छ्यु गर्दा नाक र मुख ढाक्न आह्वान गर्दै ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम रहेको देवघाट गाउँपालिकाले सो भाइरसबाट बच्न सचेतना अपनाउन गाउँवासीलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । साथै गाउँपालिकाभित्र जात्रा, पर्व, मेला महोत्सव जस्ता कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरिएको उहाँले बताउनुभयो ।
व्यास नगरपालिकाले भाइरसको जोखिमबाट बच्न ‘नमस्कार गरौँ’ अभियान सञ्चालन गरेको छ । हात मिलाउँदा भाइरसको सङ्क्रमण हुने सम्भावना भएकाले हात नमिलाई नमस्कार गर्ने परम्परा शुरुआत गर्न सचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
नगरपालिकाले भीडभाडयुक्त स्थानमा नजान, रुघाखोकी लागेमा माक्सको प्रयोग गर्न, साबुनपानीले हात धुनसमेत नगरवासीमा आग्रह गरेको छ । जिल्लाका म्याग्दे, आँबुखैरेनी, ऋषिङ, बन्दीपुर, घिरिङ गाउँपालिका, भीमाद र भानु नगरपालिकाले पालिकाभित्र सो भाइरसबाट बच्न सतर्कता अपनाउने खालका कार्यक्रम सञ्चालन गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सतर्कता अपनाउनु नै उत्तम विकल्प रहेको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले बताउनुभयो । “व्यक्तिगत सरसफाइ र आचरणमा ध्यान दिन सकिए यसबाट बच्न सकिन्छ”, डा पौडेलले भन्नुभयो । (रासस)
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
