जनस्वस्थ्य सरोकार, सिड्नी । अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ ।
उहाँलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच गराउनु भएको र कोरोना भाइरस पोजेटिभ देखिएको सिड्नीबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
अप्ट्रेलियाली सरकारका एकजना प्रभावशाली सदस्यका साथै यहाँको अध्यागमनसम्बन्धी कानूनका एक मस्यौदाकार रहनुभएका गृहमन्त्री अस्पतालमा क्वारेन्टाइनमा प्रवेश गर्नुभएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
क्यानाडाली प्रधानमन्त्रीकी श्रीमतीलाई पनि कोरोना सङ्क्रमण
यसैबीच शुक्रबार बिहान प्राप्त भएको अर्को एक समाचारमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ ।
बिहीबार साँझ गरिएको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस सकारात्मक देखिएको प्रधानामन्त्री कार्यालयले शुक्रबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।
बिहीबार एक सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किएकी उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको र परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताइएको छ ।
उक्त विज्ञप्तिमा यहाँका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको र श्रीमती सोफी ग्रेगोइयर ट्रूडोको स्वास्थ्य परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिसकिएको जनाइएको छ ।
उक्त विज्ञप्तिमा यहाँका नागरिकलाई आश्वासन दिँदै क्यानाडाका प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोनाको सामान्य संक्रमण देखिएको र उपचार सुरु भएको बताइएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्रीको भने स्वास्थ्य राम्रो भएको र उहाँमा कुनै लक्षणहरू नदेखिएको उक्त विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री श्रीमती डाक्टरको सल्लाहअनुसार उहाँहरु दुई हप्तासम्म एक्लै बस्ने जनाइएको छ ।
क्यानाडामा पछि पछिल्ला दिनमा यो सङ्क्रमणको असर देखिएको छ । यहाँका विभिन्न ६ ओटा राज्यमा १५० जनामा यो सङ्क्रमण देखिएको छ ।
यहाँ अहिलेसम्म एकजनाको मृत्यु भएको क्यानाडाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यो सङ्क्रमणको नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालिसकेको छ । रासस / एएफपी
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
