
सन् २०११ मा सार्वजनिक हुँदा खासै व्यापार गर्न नसकेको अङ्ग्रेजी चलचित्र 'कन्टेजन' (Contagion) लाई सफल चलचित्र भन्न सकिने आधार न्यून छ। म्याट डेमन, ज्यूड ल, ग्वेइनेथ प्याल्ट्रो, केट विन्स्लेट र माइकल डग्लसजस्ता ख्यातिप्राप्त कलाकारले अभिनय गरेको भए पनि त्यो वर्ष उक्त चलचित्र कमाइका हिसाबले विश्वभरि ६१औँ स्थानमा थियो। तर केही समययता गुगलमा उक्त चलचित्रको नाम खोज्ने क्रम बढेको छ। कन्टेजन अमेरिकाको एपल आईट्यून (iTune) स्टोरमा आश्चर्यजनक रूपमा चर्चित हुँदै गएको छ। कोन्टेजन निर्माण गर्ने कम्पनी वार्नर ब्रदर्स फिल्म स्टूडिओका अनुसार गत डिसेम्बरमा उसको सूचीमा उक्त चलचित्र २७० औँ स्थानमा थियो। त्यति बेला भर्खरै चीनबाट कोभिड-१९ को सङ्क्रमणको खबर आउन थालेको थियो। तीन महिनापछि कोन्टेजनको स्थानमा उल्लेख्य सुधार भएको छ। उक्त चलचित्र लोकप्रिय चलचित्र ह्यारी पोटरका आठ भागपछाडिको स्थानमा उक्लिन सफल भएको छ। कोरोनाभाइरस सङ्क्रमणको महामारी विश्वव्यापी हुनु र उक्त चलचित्रको कथाबीच समानता भएका कारणले त्यसो भएको हो।
के छ कथामा?

के छ समानता?
कोन्टेजनमा वास्तविक अवस्थासँग मिल्ने कैयौँ समानता छन्। प्याल्ट्रोले अभिनय गरेको चरित्रकी महिला एमईभी-१ नाम दिइएको भाइरसबाट सङ्क्रमित हुन्छिन्। वध गरिएको एउटा सुँगुर चलाएका हङ्कङका पाक्शास्त्रीसँग हात मिलाएपछि उनलाई उक्त सङ्क्रमण भएको उक्त चलचित्रमा देखाइएको छ। सुँगुरमा भने चमेराबाट भाइरस सरेको देखाइएको छ। घर फर्किएपछि उनी बिरामी पर्छिन् र अन्तत: उनको मृत्यु हुन्छ। उनका छोराको पनि त्यसको केही समयमा मृत्यु हुन्छ। तर डेमनले अभिनय गरकेो पतिको भूमिकामा रहेको पात्र भने स्वस्थ रहन्छन्।
कसरी देखिन पुग्यो समानता?
कोन्टेजनको पुनरागमनले यसका लेखक स्कट बर्न्सलाई चकित भएका छन्। तर फोर्ट्यून पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आधुनिक समाज यस प्रकारका प्रकोप हुँदा कमजोर भएको देखाउन चाहेको बताएका थिए। "कोन्टेजन र कोरोनाभाइरसबीचको समानता अप्रासङ्गिक र संयोगवश भएको हो। अनि यो त्यति महत्त्वपूर्ण पनि छैन," बर्न्सले भने। "महत्त्वपूर्ण र सही कुरा सामाजिक प्रतिक्रिया, डर फैलिनु र त्यसको बृहत्तर प्रभाव हो।"उनले त्यसो भनेर कोन्टेजनका एक पात्रतर्फ सङ्केत गरेका हुन्।



