
जनस्वास्थ्य सरोकार, काठमाडौं । अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन्।
‘अब हाम्रा लागि निकै महत्वपूर्ण छ। कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पूरै कोसिस गर्ने छौं’ पत्रकार सम्मेलनमा ट्रम्पले भने ‘यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौं।’
ट्रम्पले आर्थिक नोक्सानी व्यहोर्न बाध्य साना व्यवसायीलाई मद्दत गर्ने गरी थप ५० अर्ब डलरको राहत प्याकेज घोषणा गरेका थिए। ‘यो आर्थिक संकट होइन, यो संकट क्षणिक हो र यसलाई सबै मिलेर परास्त गर्न सकिन्छ’ ट्रम्पले भनेका थिए।
त्यस्तै संक्रमण रोक्ने प्रयासस्वरूप यूरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएका छन्। ट्रम्पले टेलिभिजन सम्बोधनमार्फत उनले उक्त घोषणा गरेका हुन्। बेलायतलाई भने यो नियम लागू हुने छैन्। एजेन्सी
प्रकाशित मिति: शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
