जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिने भएको छ । त्यसका लागि ओली शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार यो सामान्य प्रक्रिया हो र यसमा धेरै समय पनि लाग्दैन। ‘आज मुत्रनलीमा राखिएको स्टेन्ट निकाल्ने हो। त्यो राखेको धेरै दिन भइसक्यो। धेरै राख्नुपनि हुँदैन,’ उनले भनिन्, ‘यो निकाल्न धेरै समय पनि लाग्दैन। सामान्य प्रक्रिया हो। त्यो निकालेर फर्किनुहुन्छ।’
मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाबाट पिसाब सहजै मुत्रथैलीसम्म पुगोस् भनेर राखिएको स्टेन्ट प्रा.डा. उत्तम शर्माले झिक्न लागेका हुन्। ‘त्यो सामान्य कुरो हो,’ उनले भने, ‘हामी अस्पतालमा कुरिरहेका छौं। उहाँ आउनेबित्तिकै झिकेर पठाइदिन्छौं।’ उनको अन्य कुनै परीक्षण हुने/नहुनेबारे भने चिकित्सकहरुले केही बताएनन्।
प्रधानमन्त्री ओलीले आइतबार ५:१५ बजे दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुसँग कोरोना महामारीका विषयमा भिडियो कन्फरेन्समार्फत बैठक गर्ने कार्यक्रम रहेको छ। कान्तिपुरदैनिकबाट
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
पत्रपत्रिकाबाट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ

