जनस्वास्थ्य सरोकार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस ९कोभिड–१९० जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिनुभएको छ ।
कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुग्नुभएका उहाँले दैनिक सयौँ यात्रुहरु प्रवेश गर्ने उक्त स्थानका लागि जनशक्ति व्यवस्थापन र आवश्यक संरचना तत्काल तयार गर्न सामाजिक विकास मन्त्रलाय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाही र जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी ९जोशी०लाई निर्देशन दिनुभएको हो ।
“यात्रुलाई कोरोनासम्बन्धी जाँच गर्न चाहिने जनशक्ति तथा उपकरण व्यवस्थापन गर्न र कुनै समस्या देखिए बिरामीलाई केही समय आराम गर्ने विश्रामकक्ष समेत चाँडो निर्माण गर्न निर्देशन दिँदै मुख्यमन्त्री भट्टले भन्नुभयो, “बबई मूल प्रवेशद्वार भएकाले यहाँ आउने यात्रुलाई राम्रोसँग जाँच गरेर मात्र कर्णाली प्रदेश प्रवेश गर्ने वातावरण बनाउनुस् । महिला तथा पुरुष यात्रुलाई छट्टाछुट्टै लाइनमा लागेर जाँच गर्ने व्यवस्था मिलाएर सहजता प्रदान गर्नुस् ।” उहाँले कोरोना जाँचका लागि प्रहरी बिट सरकारले तत्काल निर्माण गर्ने बताउनुभयो । सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्यको आवश्यक संरचना र जनशक्तिका लागि चाहिने आवश्यक बजेट व्यवस्थापन तत्काल गर्ने बताउनुभयो ।
प्रदेश अस्पतालमा आइसोलेशन र क्वारेन्टाइन
कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोना भाइरसको सङ्क्रमण देखिएमा आइसोलेशन र क्वारेन्टाइनको व्यवस्था गरेको जनाएको छ । शनिबार मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलसहित सरोकारवालाले गरेको निरीक्षण तथा अनुगमनका क्रममा प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा डम्बर खड्काले आइसोलेशन र क्वारेन्टाइन दुवै तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । “हामीले यदि कोरोनाको सङ्क्रमण देखिएमा २५ आइसोलेशन कक्ष र १०० जना क्षमताका लागि क्वारेन्टाइन कक्षा तयार गरेका छौँ”, प्राडा खड्काले भन्नुभयो, “त्यस्तो जटिल परिस्थिति आइपरे पनि सामना गर्ने क्षमता निर्माण गरेका छौँ ।” मुख्यमन्त्री शाहीले कोरोनाविरुद्ध गर्ने प्राविधिक तयारी पूर्णरूपले गर्न अस्पताल परिवारसँग आग्रह गर्दै आवश्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने जानकारी दिनुभयोे । सामाजिक विकासमन्त्री रावलले मन्त्रालयले कोराना सङ्क्रमण समस्या समधानका लागि रु ५० लाख छुट्याएको बताउनुभयोे । अस्पतालमा क्वारेन्टाइन जाँचका लागि ११ कार्डियाक मनिटर राखिसकिएको र तत्काल १५० श्यया राख्ने तयारी गरिएको छ । रासस
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
