जनस्वास्थ्य सरोकार, तुलसीपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन ।
एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हुँदा एम्बुलेन्स बिग्रिएको थियो । विसं २०७४ असोज २९ गते प्रतिष्ठान बनेको थियो । हालसम्म प्रतिष्ठानले नयाँ एम्बुलेन्स खरिद गर्न नसकेको र पुरानोलाई मर्मत गर्नसमेत नसकेको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो । “उपक्षेत्रीय हुँदा नै एम्बुलेन्स बिग्रिएको थियो”, उहाँले भन्नुभयो, “तर प्रतिष्ठान बनेको दुई वर्ष बितिसक्दा मर्मत हुनसकेको छैन ।”
मर्मत गर्दा धेरै खर्च लाग्ने तथा नयाँ खरिद गर्ने विषयमा तयारी नभएको समेत उहाँले बताउनभयो । “अहिले पुरानो एम्बुलेन्स मर्मत गर्न सकिने अवस्था छैन, महङ्गो खर्च हुन्छ”, उहाँले भन्नुभयो, “नयाँ एम्बुलेन्स खरिद गर्ने विषयमा तयारी छैन ।” उहाँका अनुसार एम्बुलेन्सका लागि दाताको सहयोगको अपेक्षा प्रतिष्ठानले गरेको जनाइएको छ । रासस
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
