जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीचको छलफल सुरु भएको छ । सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच छलफल भइरहेको छ । छलफलमा ७ वटै प्रदेशका समाजिक विकासमन्त्री र प्रदेश १,वागमती प्रदेश,प्रदेश ५,कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्मन्त्रीहरु पनि सहभागी छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकारसँग छलफलको आयोजना गरेको हो। जारी छलफलमा सबै प्रदेशहरुमा क्वारेन्टाइन कसरी र कहाँ बनाउने र कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर छलफल भइरहेको अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए। उनका अनुसार बैठकमा सबै प्रदेशका सामाजिक विकासमन्त्रीहरुले प्रदेशले गरेका पछिल्ला कार्यबारे जानकारी गराइरहेका छन्।छलफलमा आवश्यक पर्ने औषधि,स्वास्थ्यको तयारी,स्वास्थ्यकर्मीहरुको बिमाको सम्बन्धमा पनि छलफलभएको मन्त्री खतिवडाले जानकारी दिए। यस्तै,प्रदेशका मन्त्रीहरुले औषधि खरिद गर्नका सहज वातावरण बनाइदिन आग्रह गरेका थिए। तत्काल कुनैपनि औषधि अभाव नहुने बैठकमा जानकारी गराइएको थियो। बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हरेक प्रदेशबाट जानकारी लिने काम भइरहेको बताए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति सदस्य सचिव तोकिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले तीन तहका सरकारका प्रतिनिधिबीच कोरोना भाइरस संक्रमण रोकथाम गर्न कसरी समन्वय गरेर अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका अधिकांश मुलुकमा फैलिएको छ। आइतबार मध्याह्नसम्म विश्वमा कोरोना कीटाणु संक्रमणबाट ५ हजार ८३९ को मृत्यु भइसकेको छ भने १ लाख ५६ हजार ९ सय ३२ संक्रमित भएको वल्डोमिटरर्स इन्फोमा उल्लेख छ । कान्तिपुरदैनिकबाट
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
